लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले महेन्द्र कंडेलका नाममा एक पत्र लेख्दै उनले बुझाउन बांकी तीन हजार सदस्यता फाराम, आफ्नो उम्मेदवारी शुल्क एकहजार पाउण्ड र अन्य उम्मेदवारहरुको शुल्क समेत एनआरएनए यूके संरक्षक परिषद समक्ष बुझाउन निर्देशन दिएको छ । १२ जनवरीका दिन प्रेषित पत्रमा गत १० जनवरी, २०१५ का दिन बसेको ४४ औं आइसीसी बैठकको निर्णय बमोजिम एनआरएनए यूके विवाद साम्य पार्ने सिलसिलामा उल्लेखित शर्त पुरा गरेपछि नेतृत्व हस्तान्तरणको प्रक्रिया बढाइने उल्लेख छ ।
कंडेलले २९ सेप्टेम्बर, २०१३ मा भएको सहमति अनुरुप एनआरएनए यूके प्याट्रोन काउन्सिललाई दुई साताभित्र बुझाउनु पर्नेछ । कंडेलले सदस्यता फाराम र शुल्क बुझाएपछि एक विशेष साधारणसभामार्फत नेतृत्व हस्तान्तरण हुने पत्रमा उल्लेख छ ।
उता, कंडेलले वीनेपालीसंग कुरा गर्दै आइसीसीको निर्देशन बमोजिम समयभित्रै बुझाउने बताएका छन् । ‘मिल्ने सवालमा यी कुरा असम्भव छैनन्, म छिट्टै समय दिएर बुझाउंछु’, कंडेलले भने ।
गत वर्ष २९ सेप्टेम्बरको सहमतिपछि तीनहजार सदस्यता फाराम दूतावासमा बुझाइसकेको जनाउंदै कंडेलले थपे, ‘तर योगेन क्षेत्री समूहमा कोषाध्यक्ष छंदा दासु पाण्डेले दूतावासबाट फाराम लिनुभएको रहेछ । पाण्डेले योगेन क्याम्प छाडेपछि फर्म मैले फेरि आफैंले लिएको छु ।’
एनआरएनए यूके प्रमुख संरक्षक प्रा. सूर्य सुवेदी हाल कम्बोडिया भएकाले सुवेदीले आफ्नो जिम्मेवारी सूर्य गुरुङलाई दिएका छन् । गुरुङको रोहवरमा सबै कुरा बुझाउने तयारीमा कंडेल छन् ।
आइसीसीको पत्र
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता