लण्डन । युगान्डामा असामयिक निधन भएको दान बहादुर खत्रीको हिन्दु रितिरिवाज अनुसार सोमबार दाहसंस्कार गरिएको छ ।
गैर आवासीय नेपाली संघ, युगान्डाको सक्रियतामा सम्पन्न दाहसंस्कारमा मृतकका भिनाजु मुक्तबहादुर क्षेत्रीले दागबात्ति दिएका थिए । दाहसँस्कारमा करिब ४० नेपालीको उपास्थिति रहेको थियो भने भारतीय, अफ्रिकन पनि सहभागी थिए । कमौली, युगान्डा हिन्दु मन्दिरमा कार्यरत स्यांग्जा निवासी पण्डित सगुन पंगेनीले विधिवत रुपमा संस्कार सम्पन्न गराएका थिए ।
खत्री खाना खजाना रेस्टुरेन्ट कोलोलो कम्पालामा कार्यरत थिए । अचानक सिकिस्त बिरामी परेका खत्रीलाई स्थानिय नोर्विक अस्पतालमा भर्ना गरिएको थियो । सोमबार होस खुलेपछि डाक्टरको सल्लाहअनुसार मुलागो अस्पताल लागिएको थियो । दुवै मिर्गौला र फोक्सोले काम नगरेको कारण खत्रीलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
खत्रीको दाहसँस्कार गर्नमा गैर आवासीय नेपाली संघ, युगान्डाका अध्यक्ष रमेश कंडेल, अन्तर्राष्ट्रिय समन्वय परिषद सदश्य जीवनाथ पंगेनी, उपाध्यक्ष इश्वरी बश्याल , सदस्य भानु भण्डारी, गिरि राज अर्याल, यातिन पटेल , खाना खजाना स्टाफ जग बहादुर काउछा, लोक बहादुर, बालकृष्ण, प्रेम बहादुर लगायतको विशेष सक्रियता रहेको थियो ।
युगान्डामा दाहसंस्कार यहाँ गरिए पनि उनको अस्तु भने नेपाल नै पठाइने बताएको छ ।
एनअारएन अध्यक्ष कँडेलले खत्रीको दाहसँस्कार कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा