लन्डन । नेपालमा माउ पार्टी फुट्ने श्रृंखला बढिरहेकै बेला बेलायतस्थित माओवादी भने एक भएका छन् । यहांस्थित नेकपा माओवादी र एकीकृत माओवादीबीच गत ११ जनवरीमा लन्डन ह्यारोमा सम्पन्न भेलाले नेपाली जनएकता समाज यूके नामाकरणसहित एकीकरण गरेको हो । एकीकरणको औपचारिक घोषणा छिट्टै हुंदैछ । विदेशमा आइसकेपछि फुटेर भन्दा जुटेर देश निर्माण र आफ्नो पार्टीलाई एकीकरणको बाटोतर्फ अभिप्रेरित गर्न यस्तो पहल गरिएको जनाइएको छ ।
उक्त एकीकृत संगठनको अध्यक्षमा पूर्ण लोक्सम र सचिवमा सुरेन्द्र श्रेष्ठ छानिएको माओवादी श्रोतले उल्लेख गरेको छ । लोक्सम बैद्य र श्रेष्ठ प्रचण्ड समूह नेतृत्वमा थिए । सहमति अनुसार, चक्रीय प्रणालीमा लोक्समले ६ महिना र श्रेष्ठले बांकी ६ महिना अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । हाल उक्त कमिटी २५ सदस्यीय छ जसमा यसअघि विभाजित वैद्य र प्रचण्ड माओवादी सम्वद्ध जिल्लास्तरिय प्रमुख नेताहरुको सहभागिता छ ।
एकता अभियान संसारभर चलाउने श्रोतले उल्लेख गरेको छ । उनीहरुको समृद्ध नेपाल बनाउने सम्वन्धमा छिट्टै एउटा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्ने तयारी छ । साथै, यही शुक्रवार पहिचानसहितको अग्रगामी संविधान बनाउन दवाव दिने उद्देश्यले लन्डनस्थित नेपाली दूतावासमार्फत ज्ञापन बुझाउने कार्यक्रम तय भएको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला