लन्डन । रसमोर बरो काउन्सिलले अल्डरसटमा नेपाली व्यवसायीबाट सञ्चालित पद्मश्री ज्वेलर्सलाई हेल्थ एण्ड सेफ्टी नियम पुरा नगरेको भन्दै सचेतपत्र पठाएको छ ।
काउन्सिलले उक्त गहना पसलको मक्किएको सिलिंङमा स्वास्थ्यका लागि घातक ठानिने वस्तु (नबल्ने एक खनिज पदार्थ) महिनादिन भित्र हटाउन गत अक्टोवर २९ मै अनुरोधात्मक पत्र पठाएपनि ज्वेलर्सले डिसेम्बर २२ सम्म पनि काम नगरेपछि सचेतपत्र प्रेषित गरिएको स्थानीय गेट हेम्पसायर डट को डट यूकेले जनाएको छ । काउन्सिलले मालिक श्याम रिसालको नाममा गत जनवरी ७ तारिखमा एक औपचारिक सचेत पत्र जारी गरेको हो ।
काउन्सिल सम्वद्ध वातावरणीय स्वास्थ्य अधिकारीहरुले गत वर्ष जुनमा समेत भवनको निरिक्षण गरेका थिए । उक्त निरिक्षणका बेला पुरानो भवनमा त्यस्तो पदार्थहरु आउने भएकाले चनाखो रहन भनिएको थियो ।
त्यस्तो वस्तु स्वास्थ्यका लागि घातक हुने वीज्ञहरुको भनाइ छ । त्यो चीज मक्किंदै गएपछि त्यसबाट निस्कने स साना फाइवर हावामा मिसिएर मानिसमा श्वासप्रश्वास सम्वन्धि रोग लाग्ने प्रवल सम्भावना रहन्छ । काउन्सिलका हेल्थ एण्ड सेफ्टी प्रमुख अधिकृत रोजर स्यान्डर्सले बेलायतमा यसबाट वर्षेनी ५ हजार कामदारको ज्याने जाने (सडक दुर्घटनाबाट भन्दा बढि) गरेको बताए । उनले काउन्सिल आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने कुरामा सम्झौता गर्न नसक्ने पनि बताएका छन् ।
पछिल्लो समय अल्डरसटकै भिक्टोरिया रोडस्थित नेपालीको फेवा स्टोर्सलाई पनि फुड हाइजिनको स्ट्याण्डर्ड पुरा गर्न नसकेकोमा काउन्सिलले जिरो रेटिङ दिंदै तत्काल सुधार आवश्यक रहेकोबारे गत सेप्टेम्बरमा सचेत गराएको थियो । उक्त स्टोर्सको मासु काट्ने ठाउं र प्रयोग गरिने सामाग्री ज्यादै फोहोर पाइएका थिए ।
फुड स्ट्याण्डर्डस् एजेन्सी नेशनल फुड हाइजिन रेटिङ स्किम तथ्यांक अनुसार, रसमोरकै फार्नवोरोमा सञ्चालित व्यवसायहरु द एभरेष्ट तन्दुरी, हिमालयन स्टोर्स र नमस्ते सुपर मार्टले पनि जम्मा एक रेटिङ पाएका थिए । काउन्सिलले फुड हाइजिन स्ट्याण्डर्ड पुरा गर्ने कम्पनीलाई सबैभन्दा बढि ५ रेटिङ दिने गर्छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक