लण्डन । २९३ औं पृथ्वी जयन्ती लण्डनमा पनि एक कार्यक्रमका साथ मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतले आइतबार आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्था, राजनीतिक दलका प्रतिनिधिसंगै सर्वसाधारणको सहभागिता थियो । कार्यक्रमका सहभागीहरुले देशमा विखण्डनको जोखिम बढेको वर्तमान परिस्थितिमा राष्ट्र निर्माता पृथ्वीनाराण शाहको अनुसरण बढि सान्दर्भिक भएको धारणा राखे ।
संगठनका अध्यक्ष भरत क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमका सहभागीहरुलाई उत्तम खड्काले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी बुद्धिजिवी डा. राघवप्रसाद धिताल (ओविइ) ले संघीयताको नाममा देश टुक्रिने खतरा बढिरहंदा राष्ट्र एकिकरण गर्ने पृथ्वीनारायण शाहको एकताको सन्देश अझै सान्दर्भिक बनेको बताए । एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले राष्ट्रिय एकताका नायकलाई राजनीतिक विवादमा मुछ्न नहुने धारणा व्यक्त गरे । राष्ट्रवादी संगठनका अध्यक्ष क्षेत्रीले नेपालको नयां बन्ने संविधानमा पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा समावेस गर्न माग गरे ।
कार्यक्रममा कांग्रेसका विज्ञान प्रसाईं, राप्रपा नेपालका रोशन सापकोटा, व्यवसायी तथा समाजसेवी ध्रुव केसी, नेपाली साहित्य विकास परिषद, बेलायतका अध्यक्ष सुरेशजंग शाह, हार्ट फाउण्डेसन यूकेका अध्यक्ष विकलचन्द्र आचार्य लगायतले जात, धर्म र क्षेत्रका नाममा देश विभाजन भइरहेको अहिलेको सन्दर्भमा पृथ्वीनारायण शाहको एकताको सन्देश मनन गर्न आवश्यक रहेको बताए । त्यस अवसरमा वसन्त शाह, एभरेष्ट गौतम, उमेश मोक्तान, बाचस्पति रेग्मी लगायतका एक दर्जन वक्ताले पनि पृथ्वीनारायणलाई आधुनिक राष्ट्र निर्माताका रुपमा राज्यबाट पनि सम्मानको खांचो रहेको औंल्याए ।
कार्यक्रममा सहभागीहरुले पृथ्वी नारायणको तस्विरमा माल्यापर्ण गरेका थिए । कार्यक्रमको सञ्चालन नारायण अधिकारीले गरेका थिए ।
संगठनले पृथ्वी जयन्तीको अवसरमा सन् २०१० देखि हरेक वर्ष लण्डनमा कार्यक्रम गर्दै आएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्षको कार्यक्रममा बेलायतबासी नेपालीको सहभागिता र चासो निकै बढेको कतिपयको बुझाइ छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य