रिडिङ । बेलायतस्थित नेपाली दूतावासको आयोजना तथा ग्रेटर रिडिङ नेपाली समाज युकेको संयोजनमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को लागि दर्खास्त संकलन कार्यक्रम सम्पन्न भएको छ । आगामी नोभेम्बर २०१५ अगाबै हस्त लिखित राहदानी प्रतिस्थापन गरी एमआरपी लिई सक्नुपर्ने नागरिक उड्ययन संगठन (ICAO) को प्रावधान अनुसार दूतावासले बेलैमा फाराम संकलन गर्न समाजको सहकार्यमा रिडिङमा घुम्ती शिविर गरेको हो ।
शिविरमा ३७५ जनाले सेवा लिए । शिविरले रिडिङ्बाट लण्डन यात्रा गर्न असुविधा, वृद्धवृद्धाहरुलाई पर्ने सकस, फाराम त्रुटी भएमा पर्ने झन्झटबाट राहत पाउनुका साथै ३७५ जना नेपालीले यात्रा गर्दा लाग्ने खर्च, सो दिन काम छोड्नुपर्दा हुने नोक्सानी गरी नेपालीको करिब २० हजार पाउन्ड जोगिएको जानकारी संयोजक एवं समाजका महासचिव यादब श्रेष्ठले दिए ।
शिविरमा उपलब्ध सुबिधाले बिशेष गरेर असक्त नेपाली जन समुदायले सर्वसुलभ तवरमा सेवा लिई कार्यक्रम सफल रुपमा सम्पन्न भएकोमा आफू सन्तुष्ट भएको समाजका अध्यक्ष किर्तीबिलास पन्तले बताए ।
शिविर समापन समारोहमा कार्यवहाक राजदूत तेजबहादुर छेत्रीले दूतावासले सन्चालन गर्दै आएको एमआरपी घुम्ती सेवा ज्यादै लोकप्रिय भएको बताउंदै कार्यक्रममा स्वयंसेवकहरुले पुर्याएको भूमिकाको प्रशंसा गरे । दूतावासको यस्तो जनप्रेमी सेवाबाट बेलायतस्थित नेपालीले दूतावासप्रति ज्यादै सकारात्मक धारणा बनाएको बताउंदै समाजका उपाध्यक्ष रमेश बस्तोलाले सबैलाई धन्यवाद दिए ।
बिदेसस्थित नियोगबाट नोभेम्बर २०१४ सम्ममा ३०१०९६ एमआरपी जारी भइसकेको छ । हस्त लिखित राहदानी लिई बिदेशमा बसोबास गरी रहेका नेपालीहरुले भिषाको लागि कम्तिमा छ महिना राहदानी बहाल अवधि रहनु पर्ने नियमले भिसा नवीकरण गर्नु परेमा वा अन्य देशमा भ्रमण गर्नुपर्ने व्यक्तिले आगामी मे २०१५ भित्र एमआरपी लिई सक्नुपर्ने जनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा