लण्डन । विश्व अपाङ्ग दिवसको अवसरमा गुल्मी जिल्ला समाज युकेले लण्डनमा संकलन गरेको चार लाख रुपैया आशा अपाङ्ग केन्द्र गुल्मीलाई हस्तान्तरण गरिएको छ ।
गुल्मी जिल्ला समाज युकेका कार्य समिति सदस्य तथा सांस्कृतिक सचिव रुद्र थापाले सो सहयोग राशी आशा अपाङ्ग केन्द्र गुल्मीको प्रांगणमा आयोजित एक समारोहका बीच गत पौष १२ गते हस्तान्तरण गरेका हुन् ।
समारोहमा प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी, जिल्लाका प्रहरी प्रमुख लगायत, उद्योग बाणिज्य महासंघ, राजनैतिक दलका प्रतिनिधि, जिल्लाका बुद्दिजिवि, ब्यवसायी एवम पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको कुरा आशा अपाङ्ग केन्द्रका अध्यक्ष तथा पत्रकार जनार्दन घिमिरेको जनाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे लगायतका अतिथिहरुले आशा अपाङ्ग केन्द्रको परोपकारी कार्यबाट प्रभावित भएको बताउँदै विदेशमा रहेर देशको अपाङ्गता क्षेत्रमा सहयोग गर्ने गुल्मी जिल्ला समाज युकेको सराहना गरेका थिए ।
सहयोग हस्तान्तरणको लागि संस्थाको तर्फबाट रुद्र थापाले गुल्मी बाहेकका जिल्लामा पनि सहयोगको दायरा बढाउँदै लागिएको र युकेमा संकलित सहयोगको अपाङ्गताको क्षेत्रमा सही सदुपयोग भएको देख्न पाए सहयोगदाताको मन खुसी हुने बताए ।
कार्यक्रममा आशा अपाङ्ग केन्द्रको तर्फ़बाट संचालिका गंगा रायमाझी तथा सचिव तारा भुसालले धन्यबाद तथा सम्मान टक्र्याएका थिए ।
विश्व अपाङ्ग दिवसको अवसरमा गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्र गुल्मीको सहयोगार्थ प्रत्येक वर्ष लण्डनमा च्यारिटी कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
गत वर्ष पनि समाजले केन्द्रलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।
केन्द्रले जिल्लाका ग्रामिण ईलाकामा रहेका अपाङ्ग बालबालिकाहरुको उपचार र पुनर्स्थापनामा उल्लेख्य काम गरेर देशव्यापी चर्चा कमाएको छ ।
बालखकालमै दुवै खुट्टा गुमाएकी सन्चालिका रायमाझीले दाताहरुको सहयोगमा केन्द्रको संचालन गर्दैअाएकी छिन् ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]