सोलुखुम्बु । नेपालमा अरु सबैचीजको भाउ बढिरहेको बेलामा सोलुखुम्बुको दूधकुण्ड नगरपालिकादेखि काठमाडौँसम्म सिधा सञ्चालनमा रहेको सवारी साधनमा भाडादर घटाउने होड नै चलेको छ ।
केही दिनयता उदयपुर र ओखलढुङ्गा जोड्ने सुनकोसी नदीको पुल सञ्चालनमा आएसँगै राजधानी जाने तथा आउने भाडामा विभिन्न यातायात व्यवसायीहरुले दिनहुँजसो भाडा घटाउन थालेपछि यात्रुलाई भने फाइदा भएको छ ।
भर्खरैमात्र सेवा सुरु गरेको सल्लेरी यातायात सेवा समितिले सोलुखुम्बु काठमाडौँसम्म रु एक हजार ८०० भाडा कायम गरेको भए पनि दूधकुण्ड यातायात व्यवसायी सङ्घले रु एक हजार ५०० मा सेवा दिन थालेको छ ।
पछिल्लो समयमा सोलु काठमाडौँको रुटमा करिब आधा दर्जन यातायात व्यवसायी सङ्घले सेवा दिइरहेका छन् । सिटी भिलेज यातायात सेवा समिति, दूधकुण्ड यातायात व्यवसायी सङ्घ, सल्लेरी यातायात, हिमगङ्गा यातायात, हलेसी यातायातलगायतका यातायात सङ्घ समितिहरु सञ्चालनमा रहेका छन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?