लण्डन । घरको मूलद्वारको चाबी प्रयोग गरेर गरिने चोरीमा वृद्धि भएको प्रहरीको आधिकारिक तथ्यांकले देखाएको छ ।
गतवर्ष मात्र युकेमा भएका ६ हजारभन्दा बढी चोरीका घटनामा चोरले घरको ढोका नफोडी छाडिएका चाबी प्रयोग गरेको तथ्यांकले देखाएको छ ।
इन्स्योरेन्स कम्पनी एलभी इक्वेलले गरेको अनुसन्धान अनुसार २९ प्रतिशत घरधनीहरुले घरको चाबी घरबाहिर लुकाउने गरेको बताएका छन् । उनीहरुका अनुसार चाबी लुकाउने मुख्य स्थानहरुमा डोरम्याट मुनी, फूल वा विरुवाको भााडामा वा बगैँचामा राखिएको मूर्ति रहेका छन् ।
सूचनाको हकको प्रयोग गर्दै एलभी इक्वेलले प्राप्त गरेको प्रहरीको आँकडाअनुसार यसबाहेकका अन्य किसिमका चोरीहरु भने युकेमा घटेका छन् ।
यसरी सुरक्षाको जोखिम मोलेर चाबी छाड्नुको मुख्य कारण यदि घरधनी घरमा नभए पनि परिवार र साथीसंगीले सजिलोसित घरभित्र प्रवेश पाउन् भन्ने रहेको सर्भेले देखाएको छ ।
सर्भेमा सहभागीमध्ये एक चौथाईले अपर्झट आइपर्ने अवस्थाका लागि चाबी त्यसरी लुकाएको बताए भने त्यति नै संख्याका सहभागीहरुले आफूसित लैजाँदा चाबी हराउन सक्ने भएकाले त्यसरी छोडेको राय व्यक्त गरे ।
यसरी चाबी लुकाउनेहरु यसरी छोड्नुलाई सुरक्षित ठान्छन् । उनीहरुको तर्कअनुसार यसरी छोड्दा अल्पसमयका लागि छोडिने र यस्ता ठाउँहरु गोप्य हुने गर्छ । कतिपयले यसरी छोड्नु असल छिमेकीहरुका कारण पनि ठीकै भएको बताएका छन् ।
एलभी इक्वेलका डाइरेक्टर सिउलिन फर्नाण्डेज भन्छन्, “समग्र चोरी घटिरहेको बेलामा चोरहरुले चाबी प्रयोग गरेरै गर्ने चोरी भने बढिरहेको छ । यो चिन्ताको विषय हो ।”
“चोरहरुलाई थाहा हुन्छ कि मानिसहरुले जगेडा चाबी छोड्ने केही सीमित ठाउँहरु मात्र हुन्छन् । त्यसैले तिनीहरुले ढोका फोर्नुअघि ढोका वरिपरि चाबी छोडिएको छ कि भनेर खोज्छन् । उनीहरुले सहजै भेट्ने ठाउँमा चाबी छोडेर उनीहरुलाई सजिलो नबनाइदिनुहोस्”, उनी भन्छन् ।
लुकाइएको चाबी नदेखिने ठाउँमा हुनसक्छ तर पनि उनीहरुले सहजै पाउने स्थानमा हुनसक्छ । सर्भेका अनुसार धेरै मानिसहरु लेटर बक्स वा खुला झ्यालबाट भेट्न सकिने ठाउँमा चाबी छोड्छन् ।
सर्भेमा भाग लिएकामध्ये पाँचभागको एक भागले मूलढोकाको छेउमा कचौराभित्र अथवा टेबलमा चाबी राख्ने बताए । जबकि ती स्थानहरुबाट चोरले सजिलै चाबी तान्न सक्छन् र ढोका नफोडीकन घरभित्र प्रवेश गर्न सक्छन् ।
कुनै बेला चाबी पहिले थुतेर पछि चोर्ने गर्छन् ।
सर्भेमा सहभागीमध्ये २० प्रतिशतले आफूहरु घरबाहिर निस्कँदा मूलढोका वा पछाडिको ढोका बन्द नगरेको स्वीकार गरे । यसैगरी, दशौँ लाखले जगेडा चाबी बाटोमा कतै हराएको बताए ।
सर्भेमा २ हजार जना सहभागी थिए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल