काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले १ अर्ब रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन् ।
एमआईटी ग्रुप फाउन्डेसनमार्फत घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी १ अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेको राजधानीमा बिहीबार आयोजित कार्यक्रममा घोषणा गरे।
घले पत्नि जमुना गुरुङ पनि एमआईटी ग्रुप फाउन्डेसनको परोपकारी कोषको संस्थापक हुन्। दुवै अस्ट्रेलियाका २ सय धनी व्यक्तिमा परेका नेपाली हुन्। घलेले अष्ट्रेलियामा शिक्षा, पर्यटन र रियल स्टेटमा लगानी गरिरहेका छन् । घलेले केही समयअघि मात्र नेपालमा ८ अर्ब रुपैयाँको लागतमा शेराटन काठमाडौं होटल निर्माण थालेका थिए ।
उनीहरुले कोषमार्फत नेपालको दुर्गम गाँउका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेछन्। लम्जुङको दुर्गम गाउँमा जन्मे हुर्केका घले २ दसकदेखि अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। 
यस्तै स्रोतसाधनको अभाव भएका विद्यालयहरुमा पुस्तकालय स्थापना, शिक्षण सामग्री र तालिमको लागि पनि सहयोग गर्नेछ ।
आधारभूत स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामिण भेगका न्यून आय भएका जनतासम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन समेत उक्त कोषले रकम खर्च गर्ने घलेले बताए ।
‘आज जीवनमा सबैभन्दा खुसी भएको छु’ घलेले भने ‘समाजबाट जे पायौ त्यसको केही हिस्सा समाजलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्न पाउँदाको खुशी शब्दमा ब्यक्त गर्न सक्दिनँ।’
फाउन्डेसनको कार्यालय काठमाडौंमा छ। फाउन्डेसनले विज्ञहरुको संरचना निर्माण गरी त्यसैअनुसार विभिन्न कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । घलले छुट्टै शिक्षण संस्था वा स्वास्थ्य संस्था स्थापना गर्ने सोच नभएको बताउँदै भैरहेको संरचनामार्फत सहयोग गर्ने जानकारी दिए ।
अभियानलाई अझै बृहत बनाउन रकमको आकार बढाउँदै लैजाने र अन्य संस्थाले हातेमालो गर्न चाहेमा आफ्नो सम्पर्क र संजालको उपयोग गर्न प्रयास गर्ने पनि घलेले बताए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?