लन्डन । बन्दुकधारीहरुले बुधवार फ्रान्सको राजधानी पेरिसस्थित एउटा व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा हमला गरेपछि लन्डनमा समेत सुरक्षा सतर्कता अपनाइएको छ । हमलामा ८ पत्रकारसहित १२ जनाको ज्यान गएको थियो ।
पेरिस आक्रमणको विश्वव्यापी भत्र्सना भइरहंदा लन्डनस्थित सार्वजनिक भवनहरुमा सुरक्षा व्यवस्था बढाइएको दि टेलिग्राफले जनाएको छ ।
गए राती बेलायतको संसद भवन हाउस अफ पार्लियामेन्टमा हतियारले सुसज्जित अतिरिक्त मेट्रोपोलिटन प्रहरीहरु खटाइएको छ । सशस्त्र प्रहरीहरु वेष्ट मिनिष्टर भवनको सवारी प्रवेश गेटमा तैनाथ छन् । संयोगले जर्मन चान्सलर एन्जेला मर्केलको लन्डन भ्रमणकै समयमा पेरिस हमला भएको थियो ।
गृहमन्त्री टेरेसा मेको अध्यक्षतामा अहिले बिहीवार बिहान सुरक्षा समिक्षा र नयां रणनीति तय गर्न ‘कोब्रा’ बैठक बसिरहेको छ । बीबीसीका अनुसार, आकष्मिक कोब्रा
बैठकमा सार्वजनिक स्थल, मिडिया भवन, यातायात लगायतमा थप सुरक्षा व्यवस्थाबारे छलफल भएको छ ।
गत राती नै प्रधानमन्त्री डेभिड क्यामरुनलाई बेलायती जासुसी संस्थाहरु एमआइ फाइभ र एमआइ सिक्स्ले सुरक्षा अवस्थाबारे ‘ब्रिफ’ गरेको टेलिग्राफले उल्लेख गरेको छ ।
इराक र सिरियाबाट फर्किएका लडाकुहरुबाट बेलायतको राष्ट्रिय सुरक्षामा समेत खतरा छ । गत अगष्टमा उक्त ‘थ्रेट’ लेभल अति उच्च भएको र विना चेतावनी कुनै बेला आक्रमण हुन सक्ने अधिकारीहरुले विश्लेषण गरेका थिए । गत महिना प्रकाशित राष्ट्रिय सुरक्षा रणनीतिको वार्षिक प्रतिवेदनमा समेत आक्रमणको खतरा रहेको उल्लेख थियो । सिरिया र इराकमा विकसित घट्नाक्रमसंगै आतंककारी समूहले पश्चिमा मुलुकहरुलाई निसाना बनाइरहंदा बेलायतले पनि खतरा महशुस गरेको हो ।
उता, २४ घण्टा नबित्दै दक्षिणी फ्रान्समा अर्को एउटा आक्रमणमा एक महिला प्रहरी अधिकृतको ज्यान गएको छ भने अन्य तीनजना गम्भीर घाइते छन् । फ्रान्सले देशभर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ । फ्रान्सेली प्रहरीले दुईजना हमलाकारीको व्यापक खोजी गरिरहेको जनाइएको छ । प्रहरीले छापा मारेर केही संदिग्ध व्यक्तिहरुलाई गिरफ्तार समेत गरेको सञ्चार माध्यमले जनाएका छन् ।
हमलापछि पेरिस शोकमा डुबेको छ । पेरिसमा आज एकमिनेट मौन धारणसहित राष्ट्रिय शोक मनाइएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने