लन्डन । ग्रयाजुएसनपछि अन्तर्राष्ट्रिय विद्यार्थीले स्वदेश फर्किएर पुनः भिसा आवेदन दिनुपर्ने गृहमन्त्री टेरेसा मेको योजना तुहिएको छ । उनकै पार्टी कन्जरभेटिभ (टोरी) का चान्सलर जर्ज अस्वोर्न नेतृत्वले मेको प्रस्ताव रोकिदिएको हो । आगामी मेमा हुने आम निर्वाचन अभियान अन्तर्गत चान्सलर अस्वोर्नसंग एउटै मञ्च शेयर गरे लगत्तै गृहमन्त्री मेले आफ्नो योजनामा धक्का बेहोर्नु परेको बेलायती अखवार फाइनान्सियल टाइम्स्ले जनाएको छ ।
गृहमन्त्री मे टोरीको सन् २०१० को निर्वाचन ताका सार्वजनिक घोषणापत्रमा उल्लेख भए बमोजिम अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायतमा बस्न मन लागे उनीहरुले ग्रयाजुएसन सकिएपछि स्वदेश फर्केर पुनः भिसा लिनुपर्ने योजना कार्यान्वयन गर्न चाहन्थिन् ।
टोरी पार्टीका एक उच्च नेताले फाइनान्सियल टाइम्स्संग भनेका छन्, ‘ग्रयाजुएसन सकेपछि अन्तर्राष्टिय विद्यार्थीले २४ हजार पाउण्ड वार्षिक कमाइ हुने ग्रयाजुएट लेभलको जागिर भए विद्यार्थी यहां बस्न सक्ने हाम्रो नीति कायम नै रहन्छ ।’
पूर्व विश्वविद्यालय एवं विज्ञान मन्त्री डेभिड विलेट्सले बीबीसी फोरको कार्यक्रममा गृहमन्त्री मेको योजना उपयुक्त नभएको बताएका थिए । सर जेम्स् डाइसनले पनि मेको योजनाले बेलायतको अर्थतन्त्र तहसनहस हुने बताएका थिए ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]