लन्डन । ग्रयाजुएसनपछि अन्तर्राष्ट्रिय विद्यार्थीले स्वदेश फर्किएर पुनः भिसा आवेदन दिनुपर्ने गृहमन्त्री टेरेसा मेको योजना तुहिएको छ । उनकै पार्टी कन्जरभेटिभ (टोरी) का चान्सलर जर्ज अस्वोर्न नेतृत्वले मेको प्रस्ताव रोकिदिएको हो । आगामी मेमा हुने आम निर्वाचन अभियान अन्तर्गत चान्सलर अस्वोर्नसंग एउटै मञ्च शेयर गरे लगत्तै गृहमन्त्री मेले आफ्नो योजनामा धक्का बेहोर्नु परेको बेलायती अखवार फाइनान्सियल टाइम्स्ले जनाएको छ ।
गृहमन्त्री मे टोरीको सन् २०१० को निर्वाचन ताका सार्वजनिक घोषणापत्रमा उल्लेख भए बमोजिम अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायतमा बस्न मन लागे उनीहरुले ग्रयाजुएसन सकिएपछि स्वदेश फर्केर पुनः भिसा लिनुपर्ने योजना कार्यान्वयन गर्न चाहन्थिन् ।
टोरी पार्टीका एक उच्च नेताले फाइनान्सियल टाइम्स्संग भनेका छन्, ‘ग्रयाजुएसन सकेपछि अन्तर्राष्टिय विद्यार्थीले २४ हजार पाउण्ड वार्षिक कमाइ हुने ग्रयाजुएट लेभलको जागिर भए विद्यार्थी यहां बस्न सक्ने हाम्रो नीति कायम नै रहन्छ ।’
पूर्व विश्वविद्यालय एवं विज्ञान मन्त्री डेभिड विलेट्सले बीबीसी फोरको कार्यक्रममा गृहमन्त्री मेको योजना उपयुक्त नभएको बताएका थिए । सर जेम्स् डाइसनले पनि मेको योजनाले बेलायतको अर्थतन्त्र तहसनहस हुने बताएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा