
लन्डन । खाइलाग्दो एकजना तन्नेरी साथी अकस्मात गुमाउनु परेपछि कम्ती पीडादायी हुन्न् त्यो क्षण । संगै हिंडेको, खाएको साथी आफ्नै आंखा अगाडि गुमाउनु पर्दा त झन् त्यो क्षण अकल्पनीय नै हुन्छ । आफ्नो दुःख सुःखको साथी अनिलजंग थापा बितेको १३ औं दिनको पूण्यतिथीमा थापाका हितैषी नारायण अधिकारी झन् भावविव्हल देखिए । ‘म अनिलसंग बिताएका क्षणहरु सम्झन पनि चाहन्न’, नेपालमा स्वर्गीय थापाको पूण्य तिथीको कार्य भइरहंदा लन्डन रहेका अधिकारीले वीनेपालीसंग भने, ‘जन्मिएपछि मर्नु एउटा जीवनको अनिवार्य शर्त हो जसलाई स्वीकार्नै पर्छ । तर, मलाई बढि चिन्ता बहिनी (थापाकी जीवनसंगिनी) को भइरहेको छ ।’ अर्का गणेशजंग थापा पनि अझै खुलेर बोल्न सक्दैनन् ।
पूण्यतिथीमा अधिकारी, गणेशजंग थापा लगायतका साथीहरुले हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै मृतात्माको चीरशान्तिको कामना गरेका छन् । साथै उनीहरुले शोकाकुल परिवारजनप्रति समवेदना समेत व्यक्त गर्दै थापाको स्वर्गारोहणपछि उनको शव नेपाल लैजान आर्थिक सहयोग गर्ने गुल्मी जिल्ला समाज यूके, चाल्टन नेपाली समाज यूके लगायत अन्य संघसंस्था, साथीहरु, आफन्तजन, मिडिया र समस्त सहयोगीमा आभार समेत व्यक्त गरेका छन् । हृदयघातपछि उपचारकै क्रममा लन्डनमा दिवंगत भएका थापाको शव परिवारको चाहना बमोजिम नेपाल नै लगिएको थियो । लन्डन रहंदासम्म उनकी जीवनसंगिनी शोकले विक्षिप्त थिइन् ।
गुल्मी, दरवार देवीस्थान वडा नम्बर ७ स्थायी घर भएका ३४ वर्षीय थापालाई सामान्य छाती दुखाइ र खोकी लागेपछि साथीहरुले क्वीन एलिजावेथ हस्पिटल पुर्याएका थिए ।
साथीहरु गणेशजंग थापा र नारायण अधिकारीसित सामान्य कुराकानी गर्दै अस्पताल पुगेका थापा इमरजेन्सी कक्षमा समेत होसमै थिए । रगत परीक्षणपछि डाक्टरहरुले उपचार गर्दागर्दै थापा बेहोस भए । उनलाई चिकित्सकहरुले बिहान ५ बजेतिर सेन्ट थोमस हस्पिटल लैजान रिफर गरेका थिए । उनलाई एम्बुलेन्समा चिकित्सकहरुकै साथमा सेन्ट थोमस लगिएको थियो । मुटुको शल्यक्रिया सफल भएको केही समयपछिसम्म पनि मुटुले पुन काम शुरु नगरेपछि उनलाई बिहान ६ बजेतिर चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप