
लन्डन । खाइलाग्दो एकजना तन्नेरी साथी अकस्मात गुमाउनु परेपछि कम्ती पीडादायी हुन्न् त्यो क्षण । संगै हिंडेको, खाएको साथी आफ्नै आंखा अगाडि गुमाउनु पर्दा त झन् त्यो क्षण अकल्पनीय नै हुन्छ । आफ्नो दुःख सुःखको साथी अनिलजंग थापा बितेको १३ औं दिनको पूण्यतिथीमा थापाका हितैषी नारायण अधिकारी झन् भावविव्हल देखिए । ‘म अनिलसंग बिताएका क्षणहरु सम्झन पनि चाहन्न’, नेपालमा स्वर्गीय थापाको पूण्य तिथीको कार्य भइरहंदा लन्डन रहेका अधिकारीले वीनेपालीसंग भने, ‘जन्मिएपछि मर्नु एउटा जीवनको अनिवार्य शर्त हो जसलाई स्वीकार्नै पर्छ । तर, मलाई बढि चिन्ता बहिनी (थापाकी जीवनसंगिनी) को भइरहेको छ ।’ अर्का गणेशजंग थापा पनि अझै खुलेर बोल्न सक्दैनन् ।
पूण्यतिथीमा अधिकारी, गणेशजंग थापा लगायतका साथीहरुले हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै मृतात्माको चीरशान्तिको कामना गरेका छन् । साथै उनीहरुले शोकाकुल परिवारजनप्रति समवेदना समेत व्यक्त गर्दै थापाको स्वर्गारोहणपछि उनको शव नेपाल लैजान आर्थिक सहयोग गर्ने गुल्मी जिल्ला समाज यूके, चाल्टन नेपाली समाज यूके लगायत अन्य संघसंस्था, साथीहरु, आफन्तजन, मिडिया र समस्त सहयोगीमा आभार समेत व्यक्त गरेका छन् । हृदयघातपछि उपचारकै क्रममा लन्डनमा दिवंगत भएका थापाको शव परिवारको चाहना बमोजिम नेपाल नै लगिएको थियो । लन्डन रहंदासम्म उनकी जीवनसंगिनी शोकले विक्षिप्त थिइन् ।
गुल्मी, दरवार देवीस्थान वडा नम्बर ७ स्थायी घर भएका ३४ वर्षीय थापालाई सामान्य छाती दुखाइ र खोकी लागेपछि साथीहरुले क्वीन एलिजावेथ हस्पिटल पुर्याएका थिए ।
साथीहरु गणेशजंग थापा र नारायण अधिकारीसित सामान्य कुराकानी गर्दै अस्पताल पुगेका थापा इमरजेन्सी कक्षमा समेत होसमै थिए । रगत परीक्षणपछि डाक्टरहरुले उपचार गर्दागर्दै थापा बेहोस भए । उनलाई चिकित्सकहरुले बिहान ५ बजेतिर सेन्ट थोमस हस्पिटल लैजान रिफर गरेका थिए । उनलाई एम्बुलेन्समा चिकित्सकहरुकै साथमा सेन्ट थोमस लगिएको थियो । मुटुको शल्यक्रिया सफल भएको केही समयपछिसम्म पनि मुटुले पुन काम शुरु नगरेपछि उनलाई बिहान ६ बजेतिर चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?