लण्डन । पाँचथरको पौवा सारताप उच्चमाध्यमिक विद्यालयकाे भवन निर्माणका लागि युकेमा रहेका सो विद्यालयका पूर्व विद्यार्थीहरुले च्यारिटी कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रमका संयोजक एकराज नेम्वाङको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि मिस नेपाल सुविन लिम्बु रहेकी थिइन् । कार्यक्रममा मेजर योगेश राई, समाजसेवी नरकुमारी लिम्बु, ब्रिटिश गोर्खा कम्युनिटी विन्चेस्टरका सचिव खेम आले मगर, नेपाली जनसंपर्क समिती साउथ इस्ट इङ्ल्याण्डका उपाध्यक्ष सुबास राई, मिस नेपाल युके निया देवान, गोरखा भेराइटी स्टोरका डाइरेक्टर रविन गुरुङ, ड्रिम्स एण्ड आइडियाज युकेकी शान्ति गुरुङ, याक्थुम मङ्गेना चुम्लुङ बेलायतकी अध्यक्ष कमला लिम्बु, राबाखोला सेरोफेरोका संयोजक सप्तराज राई, बिजी नेसाका सदस्य चन्द्रकुबेर लिम्बु, नेम्वाङ समाज बेलायतका सचिव नगेन्द्र नेम्वाङ, समाजसेवी मेजर दिलकुमार राई र किरात याक्थुङ चुम्लुङकी लीला सेलिङ अतिथि रहेका थिए ।
कार्यक्रमका संयोजक नेम्वाङ र प्रमुख अतिथि लिम्बुले कार्यक्रमको उद्घाटन सङ्युक्त रुपमा गरेका थिए ।
कार्यक्रममा विद्यालकी पूर्व विद्यार्थी सीता नेम्वाङले सन् २००६ देखि हालसम्म उच्च विद्यार्थी समाजले गरेका गतिविधिका बारेमा जानकारी गराएकी थिइन् ।
त्यसपछि मिस नेपाल सुश्री सुबिन लिम्बु र उनका बुवा-आमा काजिमान लिम्बु र मनकुमारी लिम्बुलाई उच्चमाबिको पूर्व विद्यार्थीहरु र उपस्थित अतिथिहरुले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सुबिन लिम्बुले नयाँ बर्षको शुभकामना दिंदै सारताप उच्चमाविका पूर्व विद्यार्थीहरुले आयोजनामा गरेको च्यारिटी कार्यक्रममा उपस्थित हुन पाउँदा धेरै खुशी लगेको बताइन् । च्यारिटी रचनात्मक काम गरेर शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा आयोजकहरुले चालेको कदम स्वागतयोग्य भएको उनको भनाइ थियो ।
कार्यक्रमका अध्यक्ष नेम्बाङले नयाँ वर्षको शुभकामना दिंदै अभियानमा सहयोग गरी दिएकोमा उपस्थित सबैलाई धन्यवाद प्रकट गरेका थिए । उनले नयाँ संविधानमा गोर्खा परिवारका लागि द्वैध नागरिकताको प्रस्ट ब्यवस्था हुनुपर्ने माग गरे ।
कार्यक्रममा करिब २ लाख रकम जुटेको आयोजकले जानकारी दिए । सो रकम चाँडै नै सारताप उच्माबिको प्रधानअध्यापक रघुबिर नेम्बाङलाई हस्तान्तरण गरिने बताइएको छ ।
सुश्री यमुना लिम्बु मूल कार्यक्रम र सान्ती खिम्दिङ सेलिङ साँस्कृतिक कार्यक्रम सन्चालन गरेका थिए ।
कार्यक्रममा दौलत राई र स्थानिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने