लन्डन । गोर्खा सत्याग्रह आन्दोलन विरुद्ध रहेको भनिएका बेलायती सांसदहरुलाई सामाजिक वहिष्कार गर्नुपर्नेमा झन् सम्मान गरिएको भन्दै गोर्खा सत्याग्रह समितिबीच नै मतमतान्तर शुरु भएको छ । गोर्खा सत्याग्रह समितिका सन्चार निर्देशक दीपक मास्केले तीन बेलायती सांसद सर जेराल्ड होवार्थ (अल्डरसट) र रेडिङका दुई सांसदहरु रव विल्सन र आलोक शर्माले गोर्खा माग पुरा गर्न सक्दैनौं भनेर संसदमा असहयोग गरेको यथार्थ बिर्सेर तिनैलाई खोजी खोजी सम्मान गरिएकोमा आक्रोश पोखेका छन् ।
‘होवार्थले अल्डरसटबाट गोर्खालीलाई खेद्नु पर्छ भनेकै हुन्’, मास्केले आक्रोशित हुंदै भने, ‘यी तीनै सांसदले गोर्खा माग पुरा गर्न नसक्ने भनेपछि हामीले तिनलाई सामाजिक वहिष्कार गर्नुपर्नेमा साथीहरुले उल्टो सम्मान गर्दै हिंडेका छन् ।’
गोर्खा सत्याग्रह संघर्ष समिति र फर्गटन गोर्खा मिलेर आयोजना गरेको मिस नेपाल सुविन लिम्बुको सम्मान कार्यक्रममा रेडिङका सांसद रव विल्सनलाई समेत सम्मान गरि तस्विरहरु फेसबुकतिर राखेपछि मास्के आक्रोशित भएका हुन् । मास्केले आफूलाई कार्यक्रमबारे पूर्व जानकारी भएको भए त्यस्तो कार्य रोक्ने समेत बताए ।
मास्केले उल्लेखित सांसदहरुले निर्वाचनमा पर्चा बांड्ने सम्मको काम गर्न लगाएर गोर्खाहरुलाई प्रयोग गरेको आक्षेप लगाएका छन् ।
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक