लन्डन । साहित्य विकास परिषद यूकेको भर्खरै निर्बाचित ९ औं कार्य समितिको प्रथम पूर्ण बैठक परिषद्का अध्यक्ष सुरेशजंग शाहको सभापतित्वमा विभिन्न साहित्यिक कार्यक्रम अघि सार्दै सम्पन्न भएको छ ।
एक्टनस्थित एबिआइ कलेजमा सम्पन्न बैठकले NLDC नेपाली साहित्य पुरस्कार छनौटका लागि परिषद्का उपाध्यक्ष आचार्य दुर्गा प्रसाद पोखरेलको संयोजकत्वमा निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली, उपाध्यक्ष बाचस्पति रेग्मी, कार्यकारिणी सदस्यहरु डा. मिन रानाभाट र कार्यकारिणी सदस्य केशव पुडाशैनी सदस्य रहेको ५ सदस्यीय पुरस्कार छनौट मुल्यांकन समिति गठन गरेको छ । परिषदले २०१४ भरि र अप्रिल २०१५ सम्म बेलायतबाट प्रकाशित भएका साहित्यिक रचनाहरु मूल्यांकनका लागि परिषदमा पठाउन सम्पूर्ण सर्जकहरुलाई आव्हान गरेको छ ।
त्यसैगरी परिषद्को वरिष्ठ कार्यालय प्रमुखमा सनम बैरागलाई मनोनयन गरिएको छ भने नेपाल बेलायतको २०० औं कुटनीतिक सम्बन्ध वर्ष गांठको अवसरमा लाली गुरास साहित्यिक पत्रिकालाई स्मारिकाको रुपमा प्रकाशन गरि नेपाली दूतावाससंग सहकार्य गरि एक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । परिषद्का वरिष्ठ सल्लाहकार डा.राघब प्रसाद धितालको संयोजकत्वमा परिषद्का निबर्तमान अध्यक्ष खगेन्द्र नेपाली, पूर्व अध्यक्ष हरिसिंह थापा र परिषद्का सल्लाहकार महन्त श्रेष्ठ उप संयोजक र परिषद्का पदाधिकारीहरु सदस्य रहेको २०० औं कुटनीतिक सम्बन्ध उत्सव उपसमिति पनि गठन गर्दै सदस्य सचिवमा उपाध्यक्ष दुर्गा पोखरेललाई तोकेको छ ।
त्यसै गरि परिषदको बैठकले सल्लाहकार समितिमा डा.राघबप्रसाद धिताल OBE लाई संयोजक तोकी अन्य सल्लाहकारहरुमा हरिसिंह थापा, खगेन्द्र नेपाली, महन्त बहादुर श्रेष्ठ, मदन थापा, घन बहादुर थापा मगर, राजु विक्रम थापा र कृष्ण भट्टलाई मनोनयन गरि सल्लाहकार समितिलाई पूर्णता दिएको छ ।
परिषद् बैठकले विभिन्न विभागहरु गठन समेत गरि कार्यक्षेत्र तोकेको छ जस अनुसार संयोजन,सम्पादन, प्रकाशन र सम्मान सत्कार बिभागमा प्रमुख बरिस्ट सह अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ललाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्यहरु रिता गौतम, कृष्ण जंग शाह र प्रकाश बिक्रम शिंह रहेका छन् । त्यसैगरी प्रकाशन प्रबन्ध तथा जन सम्पर्क विभाग प्रमुख सहअध्यक्ष ध्रुब केसीलाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्यहरु हरि केसी र मोतिराज भण्डारी छन् भने साहित्य श्रोत तथा श्रब्य दृश्य उत्पादन विभागमा सह अध्यक्ष गोपाल पौड्याललाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्यहरु डा. मिन रानाभाट, एभरेस्ट गौतम, मनोज अन्जान, अभिमन्यु बैराग र बरिस्ट कार्यालय प्रमुख सनम बैराग छन् । त्यसैगरी प्रशासन प्रबन्ध विभागमा उपाध्यक्ष वीरेन्द्र कुंवरलाई प्रमुख तोकिएको छ भने सृजना श्रोत (कथा, उपन्यास) विभाग प्रमुखमा उपाध्यक्ष गोकुल भण्डारीलाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य रमेश लामा रहेका छन् । त्यसै गरि काब्य श्रोत (कविता, गित, गजल, मुक्तक, हाइकु) विभागमा उपाध्यक्ष रेशम अर्याललाई प्रमुख तोकी मातहतमा र कार्यकारिणी सदस्यहरु नबराज घिमिरे र मनोज अन्जान छन् भने पुस्तक निरुपण विभागमा उपाध्यक्ष दुर्गा पोखरेललाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य जगन्नाथ अधिकारीलाई राखिएको छ ।
त्यसैगरी साहित्य समिक्षा विभाग प्रमुखमा उपाध्यक्ष बाचस्पति रेग्मीलाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य केशब पुडाशैनीलाई तोकेको छ । प्रशासन तथा आन्तरिक मुल्यांकन बिभाग अध्यक्ष सुरेश जंग शाह र मातहतमा महासचिब डा. सुधा श्रेष्ठ अन्तर्गत राखिएको छ भने आर्थिक विभागमा कोषाध्यक्ष दौलत कुमार राई अन्तर्गत राखिएको छ । त्यसैगरी बैठकले परिषद्को दैनिक कार्य संचालनका लागि अध्यक्ष सुरेशजंग शाहको संयोजकत्वमा ९ सदस्यीय सचिबलाय समिति गठन गरेकोछ अन्य सचिबलाय सदस्यहरुमा हरि सिंह थापा ,कोमल प्रसाद श्रेष्ठ मल्ल, गोपाल पौड्याल, बाचस्पति रेग्मी, डा. सुधा श्रेष्ठ, दौलत कुमार राई, मनोज अन्जान र केशब पुडाशैनी रहेका छन् ।
त्यसैगरी बैठकले NLDC गोल्ड मेडल पुरस्कार २०१५, NLDC साहित्य पुरस्कार २०१५ वितरण, लाली गुरांस नेपाल बेलायत २००औ कुटनीतिक सम्बन्ध वर्ष गांठ स्मारिका प्रकाशन,साहित्य श्रब्य दृश्य सामग्री उत्पादन र यूके ब्यापी साहित्य सम्मेलन लगायतका १४ वटा बार्षिक कार्यक्रमको कार्यतालिका अघि सारेको छ । परिषद्को पूर्ण बैठकमा परिषद्का कार्यकारिणीहरु र सल्लाहकारहरुको उपस्थिति थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा