लन्डन । तमुधिं यूकेको ल्होछार कार्यक्रममा सहभागी हुन बेलायत आएका गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) अध्यक्ष शेष घलेलाई आज शुक्रवार सांझ रात्रीभोज दिइंदैछ । गैर आवासीय नेपाली, संघ बेलायत अन्तर्गत योगेन्द्रबहादुर क्षेत्री समूहले आफू निकटको उल्लेख्य उपस्थितिमा तमुधिं, यूकेको आफ्नै भवन मिचेटमा रिसेप्सन राखेको हो । डिनर कार्यक्रमको मास्टर माइन्ड अध्यक्ष घले निकट ठानिने एनआरएनए आइसीसी सल्लाहकार डमर घलेले गरेका हुन् ।
केन्द्रिय अध्यक्षको सम्मानमा आयोजित रात्रीभोजमा आफूहरुलाई भने औपचारिक निम्तो नआएको अध्यक्ष महेन्द्र कंडेलले जनाएका छन् । ‘केन्द्रिय अध्यक्षको सम्मान गर्नु हामी सबैको दायित्व हो’, उनले भने, ‘तर, कार्यसमितिका साथीहरु कसैलाई थाहै नदिई घरमा जन्मदिन मनाए जस्तो हतार हतार कार्यक्रम राख्दा साथीहरुको अपरिपक्वता छर्लंग देखिएको छ ।’ कंडेलले अध्यक्ष जस्तो व्यक्तिलाई कुनै एक पक्षले बोक्दा बाहिर सकारात्मक सन्देश नजाने समेत बताए ।
एनआरएनए यूके विवाद छानवीन गर्न केन्द्रबाट गठित समितिले डिसेम्बर तेश्रो साता सम्वन्धित व्यक्तिहरुसंग सुझाव संकलन गरि प्रतिवेदन बुझाउनै लाग्दा एउटा समूहले रात्रीभोज गर्नुलाई कतिपयले अध्यक्ष घलेलाई रिझाउन गरिएको बुझेका छन् । आमन्त्रित व्यक्तिले अनौपचारिक पार्टी भनेपनि संस्थाको ब्यानरसहित रात्रीभोज गर्न तयारी भइसकेको छ ।
योगेन्द्रबहादुर क्षेत्रीका भाई प्रवेश क्षेत्रीले फेसबुकमा सजाइएका खाली कुर्ची टेवलको तस्विर राख्दै एनआरएनए यूके घलेको सम्मान गर्न तयार भएको उल्लेख गरेका छन् । क्षेत्री समूहका योगकुमार फगामीले एनआरएनए यूकेले कार्यक्रम राखेको पुष्टि गरे ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने