शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: १२:४८ | UK Time: 08:03

नेपलिज कोअपरेटिभमा मोहन गुरुङ

वीनेपाली
२०७१ पुष १७ गते २१:५६
लिमिटेडका संयोजक मोहन गुरुङ

लिमिटेडका संयोजक मोहन गुरुङ

लण्डन । बेलायतमा रहेका नेपाली लगानीकर्ताहरुको संस्था नेपाली को-अपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड (एनसीआई ग्रुप)को पहिलो अधिवेशनले मोहन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
च्याथामस्थित गोर्खा भिलेज रेष्टुरेण्टमा सम्पन्न अधिवेसनले गठन गरेको नयाँ कार्यसमितिको सचिवमा अर्कराज तिम्सिना, कोषाध्यक्षमा लेखनाथ (एलएन) पाण्डे चयन भएका छन् । त्यस्तै कार्यकारी सदस्यहरुमा शहदेव गिरी, विष्णु त्रिपाठी, रञ्जिता सिंह मल्ल र सुरज केसी चुनिएका छन् ।
अधिवेसन सम्पन्न गर्न सुमलकुमार गुरुङको संयोजकत्वमा हरि गुरुङ र कुमार श्रेष्ठ रहेको तीन सदस्यीय निर्वाचन मण्डल बनाइएको थियो ।
नव गठित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
एनसीआई बेलायतमा स्थापित व्यावसायी तथा सर्वसाधारणहरुद्धारा खोलिएको नाफामूलक सहकारी संस्था हो । कम्पनीमा ९९ जना शेयर होल्डर सदस्य छन् ।
संस्थाको पहिलो अधिवेशनमा करिब ६४ प्रत्तिशत सदस्यहरु सहभागी थिए । तदर्थ समितिका संयोजक मोहन गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई संस्थाकी सदस्य सुस्मिता गुरुङले सञ्चालन गरेकी थिइन् । तदर्थ समितिका सचिव अर्कराज तिम्सिनाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष एलएन पाण्डेको आर्थिक प्रतिवेदन एवं पाण्डेले प्रस्तुत गरेको समाजको विधान मस्यौदा संशोधनसहित पारित गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक