बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: ०१:५६ | UK Time: 21:11

मिस नेपाल सुविनलाई बेलायतका सुन्दरीहरुको सहयोग

वीनेपाली
२०७१ पुष १५ गते २३:४४
सुविनलाई पुष्प गुच्छा दिंदै शान्ति, तस्विरः मिलन तमु

सुविनलाई पुष्प गुच्छा दिंदै शान्ति, तस्विरः मिलन तमु

लन्डन । हाल बेलायत रहेकी मिस नेपाल सुविन लिम्बुको प्रोजेक्टमा यहांस्थित 
सुन्दरीहरुले आर्थिक सहयोग जुटाएका छन् । मिस यूके नेपाल प्रतियोगिता आयोजना गर्ने इभेन्ट एण्ड आइडियाज्ले सोमबार सांझ नीरमाया रोधीघर, अल्डरसटमा एउटा डिनर कार्यक्रम राखी तीनसय ७० पाउण्ड सहयोग गरेको हो ।
सहयोग पाएपछि सुविनले आयोजकप्रति आभार व्यक्त गरेकी छन् ।

इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङले मिस नेपाल सुविनको नेपालका गरिव विद्यार्थीहरुलाई सघाउने एउटा च्यारिटी प्रोजेक्ट ‘स्टुडेन्ड फर स्टुडेन्ट’ का लागि सानै भएपनि सहयोग जुटाउन पाएकोमा प्रसन्नता व्यक्त गरिन् ।

पूर्व मिस यूके नेपाल दुर्गा गुरुङले सञ्चालन गरेको कार्यक्रममा अहिलेकी मिस यूके नेपाल निया देवान, पूर्व मिस यूके नेपाल गौमाया गुरुङ लगायतले सुविनलाई स्वागत गरेका थिए ।
डिनर कार्यक्रमलाई सुन्दरीहरुले मनोरञ्जनात्मक बनाए । कार्यक्रममा ल्होसारका लागि नेपालबाट आएका लोकगायक गणेश गुरुङ, नीरमाया रोधीघरमा गाउने दौलत राई, दाजु भाइ र आर के स्क्वायर व्याण्डले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक