लण्डन । मगर संघ युकेको मातहतमा हालसालै स्थापना भएको मगर बिज्नेस फोरमले व्यवसायीहरुबीच विभिन्न विषयमा परामर्श आयोजना गरेको छ ।
अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजना गरिएको सो कार्यक्रममा फाइनान्सियल एडभाइजर मीन दर्लामीमगरले घरजग्गा खरिद बिक्री र माेर्गेजका बारेमा, विगत सात वर्षदेखि युकेमा पव र रेष्टुरेन्ट सञ्चालन गर्दै आएका रत्न रानाले पव तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालनका बारेमा र नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगरले मिडियाले व्यवसायलाई कसरी सहयोग गर्छ भन्ने बारेमा जानकारी दिएका थिए ।
फोरमका संयोजक विजय थापाको अध्यक्षता र सचिव मीन दर्लामीको सञ्चालनमा भएको सो कार्यक्रममा फोरमका सदस्य दीप रानाले फोरम गठनबाट हुने फाइदाहरुका बारेमा अवगत गराएका थिए ।
व्यवसायी रमेश सराङकोटीले फोरमका विभिन्न आयामहरुका बारेमा प्रकाश पार्दै फोरमको प्रस्तावित विधान पेश गरेका थिए । जसलाई छलफलपछि पारित गरिएको थियो ।
कार्यक्रममा मगर संघ युकेका अध्यक्ष दुतबहादुर पुन, पूर्व अध्यक्ष थर्कबहादुर राना लगायत करिब दुई दर्जन व्यवसायीहरुको उपस्थिति रहेको थियो । व्यवसायीहरुले कार्यक्रममा आफ्ना व्यवसायका अनुभव आदानप्रदान गरेका थिए ।
सो अवसरमा फोरममा नेम थापा र भरत थापालाई नयाँ सदस्य नियुक्त गरिएको थियो । यसैगरी, फोरमका सदस्य दालमान पुनलाई पितृशोक परेकोमा एक मिनेट मौनधारण गरी शोक प्रस्ताव पारित गरिएको थियो ।
समुदायमा विभिन्न व्यवसाय गरिरहेका व्यवसायीहरुबीच अनुभव आमोदप्रमोद गर्न र व्यवसायमा लाग्न चाहनेहरुलाई प्रोत्साहन दिनका लागि फोरम गठन गरिएको बताइएको छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता