लण्डन । मगर संघ युकेको मातहतमा हालसालै स्थापना भएको मगर बिज्नेस फोरमले व्यवसायीहरुबीच विभिन्न विषयमा परामर्श आयोजना गरेको छ ।
अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजना गरिएको सो कार्यक्रममा फाइनान्सियल एडभाइजर मीन दर्लामीमगरले घरजग्गा खरिद बिक्री र माेर्गेजका बारेमा, विगत सात वर्षदेखि युकेमा पव र रेष्टुरेन्ट सञ्चालन गर्दै आएका रत्न रानाले पव तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालनका बारेमा र नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगरले मिडियाले व्यवसायलाई कसरी सहयोग गर्छ भन्ने बारेमा जानकारी दिएका थिए ।
फोरमका संयोजक विजय थापाको अध्यक्षता र सचिव मीन दर्लामीको सञ्चालनमा भएको सो कार्यक्रममा फोरमका सदस्य दीप रानाले फोरम गठनबाट हुने फाइदाहरुका बारेमा अवगत गराएका थिए ।
व्यवसायी रमेश सराङकोटीले फोरमका विभिन्न आयामहरुका बारेमा प्रकाश पार्दै फोरमको प्रस्तावित विधान पेश गरेका थिए । जसलाई छलफलपछि पारित गरिएको थियो ।
कार्यक्रममा मगर संघ युकेका अध्यक्ष दुतबहादुर पुन, पूर्व अध्यक्ष थर्कबहादुर राना लगायत करिब दुई दर्जन व्यवसायीहरुको उपस्थिति रहेको थियो । व्यवसायीहरुले कार्यक्रममा आफ्ना व्यवसायका अनुभव आदानप्रदान गरेका थिए ।
सो अवसरमा फोरममा नेम थापा र भरत थापालाई नयाँ सदस्य नियुक्त गरिएको थियो । यसैगरी, फोरमका सदस्य दालमान पुनलाई पितृशोक परेकोमा एक मिनेट मौनधारण गरी शोक प्रस्ताव पारित गरिएको थियो ।
समुदायमा विभिन्न व्यवसाय गरिरहेका व्यवसायीहरुबीच अनुभव आमोदप्रमोद गर्न र व्यवसायमा लाग्न चाहनेहरुलाई प्रोत्साहन दिनका लागि फोरम गठन गरिएको बताइएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश