
प्रवासी मंच यूकेले झांक्री बोलाउने
लन्डन । बेलायतको एउटा सक्रिय संस्था नेपाली प्रवासी मंच यूकेले आफ्ना गतिविधि तीब्र रूपमा अगाडि बढाएको छ । सांगठनिक, सामाजिक, समसामयिक बिषय र सन्दर्भमा मंचका क्रियाकलाप अग्रणी देखिदै आएको छ । यसै सन्दर्भमा मंचले आफ्नो दसौं बार्षिकोत्सव नेकपा एमालेका केन्द्रीय सदस्य तथा नयाँ पुस्ताका एकजना प्रखर बक्ता डा. बिजय पौडेलको प्रमुख आतिथ्यमा यही जनवरी ३१ र फेब्रुअरी १ तारिख भब्यरूपमा मनाउन लागेको जनाएको छ ।
सो कार्यक्रम सम्पन्न गर्न मंचका उपाध्यक्ष रवीन्द्र कंडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको मंचका अध्यक्ष रामशरण सिम्खडाले जनाए । मंचका सल्लाहकारहरु, पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तक लगायतको उपस्थितिमा सम्पन्न गर्न लागिएको कार्यक्रमले बेलायतबासी नेपालीहरुलाई बैचारिक खुराक दिने कार्यक्रम संयोजक कंडेलको दावी छ ।
यसैगरी मंचले बार्षिक कार्यक्रम अन्तर्गत मार्च ८ को १०५ औं अन्तरास्ट्रिय नारी दिवस नेपालकी एकजना चर्चित महिला युवा नेत्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यमा मार्च ७ मा एउटा भब्य जमघट बीच मनाउने तयारी भइरहेको कार्यक्रम संयोजक सुशिला राईले बताइन् । उनका अनुसार, विपन्न र पिछडिएका चेपाङ महिला तथा बालबालिकाको सहयोगार्थ सो कार्यक्रम हुन लागेको हो ।
यसैबीच मंचले भर्खरै मात्र कमलरीदेखी सभासदसम्म बन्न पुगेकी एकजना संघर्षशील नारी शान्ता चौधरीको उपचारार्थ ३ लाख ६२ हजार रुपैया संकलन गरि हस्तान्तरण गरेको छ । मंचका अध्यक्ष रामशरण सिम्खडाको बिशेष अगुवाई र मंचकी सदस्य शान्ति थापा कुंवरको संयोजनमा समाजसेवी इशा गुरुङले एकहप्ते अभियान संचालन गरि सो रकम संकलन गरिएको थियो । मंचका सल्लाहकार सुष्मा राईले काठमाण्डौंबाट यस कार्यका लागि सहजीकरणको भूमिका निभाएकी थिइन् ।
एकपछि अर्को गर्दै विविध क्षेत्रको कार्यक्रम, गतिविधि र सक्रियताले बेलायतबासी नेपालीबीच प्रवासी मंच अझ सुपरिचित र स्थापित हुदै गएको मंच प्रचार विभाग प्रमुख कुमार के सी बताउंछन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- एनआरएनए नेपालको राजनीतिबाट बिभाजित हुन जरुरी छैन : परराष्ट्र मन्त्री
- एनआरएनए सहमतिको विशेष महाधिवेशन शनिवारबाट सुरु
- डा. रुइतसहित तीन नेत्र चिकित्सक ‘भिजन एक्सलेन्स अवार्ड’बाट सम्मानित
- नेपालमा कोरोना खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
- वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक