अल्डरसट क्षेत्रमा पनि मन्दिर बन्ने, एकैदिन ७९ हजार पाउण्ड बढि संकलन

अल्डरसट । अल्डरसटस्थित शिव कल्चरल सेन्टर अल्डरशटले आगामी चार वर्ष भित्र यस क्षेत्रमा मन्दिर बनाउने घोषणाका साथ आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले सर्वसम्मत नयां कार्यसमिति समेत चयन गरेको छ । साधारणसभाले अध्यक्ष प्रकाश राउत, उपाध्यक्ष सुनित जैन, महासचिव सूर्य उपाध्याय, सचिव धन छेत्री, कोषाध्यक्ष गंगा अधिकारी, सह कोशाध्यक्ष हरी भट्टराई, प्रवक्ता जिब बेल्बासे, अर्थ संकलन संयोजक भिम बानिया, सांस्कृतिक संयोजक बिक्रम भट्टराई र सह सांस्कृतिक संयोजकमा ईन्द्र शर्मा चुनेको हो ।

सदस्यहरुमा डा उपेन्द्र शंकर गौर, अमर मल्ल, मिठुलाल विश्वकर्मा, भाई राजा थापा, निलकन्ठ पौडेल, रुचिला बाँस्तोला, दिपा गौर, अनुप बर्मा, भरत श्रेष्ठ, सल्लाहकारहरुमा पछि थप्ने गरी हाललाई हरि विभोर कार्की, रमेश बाँस्तोला, शेर सुनार, रोहित गुरुङ, हितकाजी गुरुङ, डा बिनोद कुमार र गोपाल विश्वकर्मा छानिएका छन् । नयाँ कार्यसमिति चयन भएको औपचारिक घोषणा निर्वाचन प्रमुख रोहित गुरुङ्ले गरेका थिए।

अध्यक्ष प्रकाश राउतको अध्यक्षता एवं महासचिव सूर्य उपाध्यायद्वारा सन्चालित उक्त साधारणसभामा अध्यक्ष, महासचिवको प्रतिबेदन र कोषाध्यक्ष गंगा अधिकारीको आर्थिक प्रतिबेदन उपर गहन छलफल गरि पारित गरिएको थियो ।

साधारण सभा पश्चात बसेको प्रथम बैठकमै मन्दिर निर्माणार्थ स्वतस्फूर्त सहयोग संकलन भएको छ । सहयोग प्रदान गर्नेमा योगेन छेत्री £७२००, रमेश बाँस्तोला £५५५५, डा बिनोद कुमार £५४००, प्रकाश राउत £५०००, सूर्य उपाध्याय £५०००, सुनीत जैन £५०००, राजा थापा £५०००, अमर मल्ल £५०००, भिम बानिया £३६००, हरि भट्टराई £३६००, गंगा अधीकारी £३०००, बिक्रम भट्टराई £३०००, धन छेत्री £३०००, जिब बेल्बासे £३०००, शेर सुनार £३०००, निलकन्ठ पौडेल £३०००, ईन्द्र शर्मा £३०००, सुरेश जमर्कट्टेल £३०००, यज्ञ छेत्री £३०००, र रोहित गुरुङ £१८०० गरी जम्मा £७९ हजार १५५ संकलन भएको सेन्टरले छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री