लन्डन । बेलायत नेपाल कुटनीतिक सम्वन्ध अभिवृद्धि गर्नु प्रमुख उद्देश्य हो लन्डनस्थित नेपाली दूतावासको । इकोनोमी डिप्लोमेसी र बेलायतवासी नेपालीहरुको हकहित एवं राहदानी जारी गर्न पनि दूतावासको भूमिका उल्लेख्य छ । अझ यतिखेर त मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम बटुल्न टोल टोल जाने दूतावास कर्मचारीहरुको प्रशंसा समेत भइरहेको छ ।
दूतावासले माथिका काममात्र होइन, कर्मचारीका आफन्तजन, आसेपासे र बेला बेला भोज भतेर गराउने निकट व्यापारीहरुको भलाइ समेत गरिदिन्छ । भिजा समस्याले तड्पिरहेका र भिजा बढाउन खोजिरहेका विद्यार्थीलाई समेत दूतावासले कागज बनाएर सांच्चिकै अभिभावकत्व निर्वाह गरिदिंदै आएको छ ।
यहां जोड्न लागिएको सन्दर्भ चाहिं पछिल्लो पटक एकजना व्यापारीको सिफारिसमा एक विद्यार्थीलाई चालक बनाउन आफ्नो भरपुर सामर्थ्य खर्चिरहेको दूतावासबारे हो ।
बेलायतको आवासीय अधिकार नभएकालाई जागिर अफर गर्न नसक्ने बताउंदै आएको दूतावासले यसपटक भने विद्यार्थीलाई नै जागिर दिन लागेको छ । श्रोतका अनुसार, कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले मोरङका एक विद्यार्थीको उद्दार गरिदिन लागेका हुन् ।
विगत एघार वर्षदेखि काम गरिरहेका चालक तिलकजंग थापाले यही जनवरी १ बाट काम नगर्ने भन्दै राजीनामा दिएपछि रिक्त पदमा श्रेष्ठ थरका विद्यार्थीले अवसर पाउंदैछन् । ‘क्षेत्रीले भइरहेका कर्मचारीलाई थप सुविधा दिएर राख्नुको सट्टा कसैको सिफारिसकै भरमा विद्यार्थीलाई जागिर दिलाउन लागेका छन्’, श्रोतले भन्यो, ‘पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसेको पालामा आइएलआर (आवासीय अधिकार) भएकालाई मात्र जागिर दिने दूतावासको नीति अहिले एकाएक परिवर्तन भएछ ।’
दूतावासले यूकेभिआइ (यूके भिजा एण्ड इमिग्रेशन्स्) मा पत्र लेखेर नयां आउन लागेका चालकबारे अवगत गराउंदै उनलाई लिन मिल्ने नमिल्नेबारे जिज्ञासा राखेको दूतावास कर्मचारीको दावी छ ।
यसपटकमात्र होइन, दूतावास आसेपासेलाई जागिर दिलाउने अड्डाका रुपमा विगत देखि नै परिचित छ । अचम्म त भिजा दूतावासबाट लिएपनि काम चाहिं बाहिर रेष्टुरेन्टमा गएर गर्नेबारे मिडियामा पटक पटक आइसके पनि यसले दूतावासलाई छुने कुरै भएन ।
अपडेट ः कार्यवहाक राजदूत क्षेत्रीको स्पष्टिकरण
समाचार प्रकाशित भएपछि क्षेत्रीले आफन्त वा चिनेजानेका मानिसलाई जागिर दिलाउने दूतावासको प्राथमिकताभित्र नपर्ने प्रष्ट्याएका छन् । ‘हामीले १७ अक्टोबरमा विज्ञापन नै प्रकाशित गरेर ब्रिटिश नागरिकता वाहक, अंग्रेजी जानेको, फूलटाइम काम गर्न सक्ने नै मागेका थियौं तर आवेदन सोचेजस्तो आएन’, क्षेत्रीले भने, ‘अन्तिममा एकजना विद्यार्थी भाइको आवेदन परेपछि भिसा परिवर्तन गर्न मिल्छ कि मिल्दैन भनेर होम अफिसमा बुझेपछि मात्र नियुक्ति दिने प्रक्रियामा हामी थियौं । कसैले भनेर वा चिनेर हामीले राख्न लागेका होइनौं ।’
दूतावासले दिनसक्ने तलव सुविधा, कामको प्रकृति आदिका कारण रिक्त पद पूर्ति गर्न अप्ठेरो भइरहेको क्षेत्रीले बताए ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम