काठमाडौं । नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मार शाखा गठन भएको छ ।
राजधानी याङ्गुनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना), महासचिवमा मोहनराज खनाल (याङ्गुन), सचिवमा सेरु थापा(मोगोक), सहसचिवमा रदीप खराल (मोगोक), कोषाध्यक्षमा देवेन्द्र रिजाल (माण्डले), निरीक्षकमा मोती गुरागाईं (याङ्गुन) र होमनाथ ढकाल (मिचिना) लाई चुनेको छ ।
शाखा समितिका संरक्षक मण्डलमा म्यान्मारका लागि नेपाली राजदुत पारस घिमिरे, श्रीमती प्रवीणा घिमिरे, ठाकुरप्रसाद गुरागाई, महानन्द भट्टराई र टेकनारायण रिमाल रहेका छन् ।
पुस्तौंदेखि नेपाली पहिचान बोकेका लाखौं म्यान्मालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउँदै आएका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रिय सञ्जाल साहित्य महासङ्घको म्यान्मार शाखा १७ औं मुलुकको २३ अौं शाखा बनेको महासङ्घका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई