मिस नेपाललाई बेलायतमा सम्मानको अोइरो

miss nepal 2

लण्डन । गत २७ डिसेम्वर २०१४को दिन बेलायतको हकिन्स कम्युनिटी हल, केन्टमा मिस नेपाल वर्ल्ड २०१४ मिस सुबिन लिम्बुको सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।
तेह्रथुम समाज युकेले आयोजना गरेको सो कार्यक्रममा कार्यक्रमको पहिलो सत्र च्याब्रुङ साथै विभिन्न जात–जातिका मौलिक पहिरन र साना नानीहरुलाई दियो कलश लिएर मिस नेपाल वर्ल्ड २०१४ मिस सुबिन लिम्बुको स्वागत हल प्रवेश गराएर प्रमुख अतिथिमा आसिन गरिएको थियो । संस्थाका अध्यक्ष छत्रसिङ तेयुङको अध्यक्षतामा भएको सो कार्यक्रममा अतिथिहरुमा ४१ भन्दा धेरै बेलायतका सामाजिक, राजनैतिक साथै विभिन्न क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए ।
प्रमुख अतिथि र सभापतिले दिप प्रज्वलन गरेपछि कार्यक्रमलाई औपचारिक रुपमा सुरुवात गरिएको थियो । 
कार्यक्रमको दोस्रो सत्र सम्मान कार्यक्रम रहेको थियो ।

६४ औं मिस वर्ल्ड २०१४ को प्रतियोगितामा नेपालबाट भाग लिइ सिङ्गो राष्ट्रको मात्र प्रतिनिधि गरी लिम्बु पहिरन मेख्ली र वीर गोरखालीको इतिहासलाई पनि जीवन्त राख्ने उदाहरणीय भूमिका निर्वाह गरेकोले त्यस कार्यको उच्च कदर गर्दै सुविनलाई सम्मान–पत्र प्रदान गरियो । त्यसपछि ४३ संस्थाहरुले सम्मान गरेका थिए ।

सोही अवसर पारेर सन् २००८ मा अफगानिस्तानको लडाईमा परी दुईवटै खुट्टा गुमाएर पनि कृत्रिम खुट्टाको सहारा लिएर सन् २०१० बाट दौडमा भाग लिई १०० मिटर र २०० मिटरको  दौडहरुबाट अहिले सम्ममा ४ स्वर्ण, २ रजत र १ कास्य पदकहरु जितिसकेका कुशल लिम्बुलाई सम्मान–पत्र प्रदान गरियो । 

सम्मान कार्यक्रमपश्चात सम्पूर्ण संस्थाको प्रतिनिधित्व गर्दै जनजाति महासंघ युकेका अध्यक्ष श्रीप्रसाद लिम्बुले मिस नेपाल वर्ल्ड २०१४ को बारेमा बोल्दै भविश्यको लागी शुभकामना ब्यक्त गरे ।

किरात धर्मका अध्यक्ष राम कुमार सिंथेबेले किरात सत्यहाङ विधिले मिस सुबिन लिम्बु लगायत उपस्थित सबैलाई आशिर्वाद दिएका थिए ।

मिस सुबिन लिम्बुले आफ्नो मन्तब्यमा बोल्दै शिक्षाको विकाश, आफ्नो मौलिक संस्कार संस्कृतिलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने र “व्युटी वीथ प्रपोज”लाई आधिकारिक रुपमा शिक्षा क्षेत्र विषेशत ग्रामीण क्षेत्रका विद्यार्थीलाई सहयोग हुने कार्य अघि लाने प्रतिवद्दता जाहेर गरिन् ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति तेयुङले मिस नेपालको सम्मान यति भब्यरुपले भएको र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

miss nepal 1 

प्रतिक्रिया

सम्बन्धित सामाग्री