लण्डन । गत २७ डिसेम्वर २०१४को दिन बेलायतको हकिन्स कम्युनिटी हल, केन्टमा मिस नेपाल वर्ल्ड २०१४ मिस सुबिन लिम्बुको सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।
तेह्रथुम समाज युकेले आयोजना गरेको सो कार्यक्रममा कार्यक्रमको पहिलो सत्र च्याब्रुङ साथै विभिन्न जात–जातिका मौलिक पहिरन र साना नानीहरुलाई दियो कलश लिएर मिस नेपाल वर्ल्ड २०१४ मिस सुबिन लिम्बुको स्वागत हल प्रवेश गराएर प्रमुख अतिथिमा आसिन गरिएको थियो । संस्थाका अध्यक्ष छत्रसिङ तेयुङको अध्यक्षतामा भएको सो कार्यक्रममा अतिथिहरुमा ४१ भन्दा धेरै बेलायतका सामाजिक, राजनैतिक साथै विभिन्न क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए ।
प्रमुख अतिथि र सभापतिले दिप प्रज्वलन गरेपछि कार्यक्रमलाई औपचारिक रुपमा सुरुवात गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्र सम्मान कार्यक्रम रहेको थियो ।
६४ औं मिस वर्ल्ड २०१४ को प्रतियोगितामा नेपालबाट भाग लिइ सिङ्गो राष्ट्रको मात्र प्रतिनिधि गरी लिम्बु पहिरन मेख्ली र वीर गोरखालीको इतिहासलाई पनि जीवन्त राख्ने उदाहरणीय भूमिका निर्वाह गरेकोले त्यस कार्यको उच्च कदर गर्दै सुविनलाई सम्मान–पत्र प्रदान गरियो । त्यसपछि ४३ संस्थाहरुले सम्मान गरेका थिए ।
सोही अवसर पारेर सन् २००८ मा अफगानिस्तानको लडाईमा परी दुईवटै खुट्टा गुमाएर पनि कृत्रिम खुट्टाको सहारा लिएर सन् २०१० बाट दौडमा भाग लिई १०० मिटर र २०० मिटरको दौडहरुबाट अहिले सम्ममा ४ स्वर्ण, २ रजत र १ कास्य पदकहरु जितिसकेका कुशल लिम्बुलाई सम्मान–पत्र प्रदान गरियो ।
सम्मान कार्यक्रमपश्चात सम्पूर्ण संस्थाको प्रतिनिधित्व गर्दै जनजाति महासंघ युकेका अध्यक्ष श्रीप्रसाद लिम्बुले मिस नेपाल वर्ल्ड २०१४ को बारेमा बोल्दै भविश्यको लागी शुभकामना ब्यक्त गरे ।
किरात धर्मका अध्यक्ष राम कुमार सिंथेबेले किरात सत्यहाङ विधिले मिस सुबिन लिम्बु लगायत उपस्थित सबैलाई आशिर्वाद दिएका थिए ।
मिस सुबिन लिम्बुले आफ्नो मन्तब्यमा बोल्दै शिक्षाको विकाश, आफ्नो मौलिक संस्कार संस्कृतिलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने र “व्युटी वीथ प्रपोज”लाई आधिकारिक रुपमा शिक्षा क्षेत्र विषेशत ग्रामीण क्षेत्रका विद्यार्थीलाई सहयोग हुने कार्य अघि लाने प्रतिवद्दता जाहेर गरिन् ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति तेयुङले मिस नेपालको सम्मान यति भब्यरुपले भएको र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी