लन्डनस्थित पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी

nepal_newspashupati

लन्डन । आधुनिक समाज कति निदर्यीन्मुख छ । उसमा मानवीय संवेदना हराउंदै गएको छ, स्वार्थी छ । दिन कन्जुस गर्ने र पाए क्वाप्प खाइहाल्ने प्रवृत्ति व्याप्त छ । बेलायत बसिरहेका मानिसलाई उल्लेखित शब्द सायद रुचिकर लागेन । तर, लन्डनस्थित पशुपति मन्दिर जस्तो पवित्र स्थलमा पुगेर दान गर्नुको सट्टा भएको पैसा समेत चोर्नेका लागि जति निन्दा र गाली गरे पनि कम छ ।

साउथ इष्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ नेपाली मन्दिरमा तेस्रो पटक चोरी भएको छ । यसअघि दुईपटक चोरी भइसकेको मन्दिरमा पछिल्लोपटक शुक्रबार राती चोरी भएको हो । मन्दिर पछाडिको भागको सिसा फोडेर भित्र पसेको चोरले दान वाकस समेत तोडेर पैसा कुम्ल्याएको छ । युरोपमै नेपालीहरुबाट स्थापित पहिलो मानिएको उक्त मन्दिरमा केहि हप्ता अघि मात्रै पनि चोरी भएको थियो ।

मन्दिर समितिका अध्यक्ष होम शर्माका अनुसार मन्दिरमा कोहि नभएको मौका छोपेर चोरी भएको थियो । “अघिल्लो पटक जस्तो धेरै रकम लैजान नपाएपनि दान वाकसमा भएको अन्दाजी तीन सय पाउण्ड चोरिएको छ”, अध्यक्ष शर्माले जनाए । घटना पश्चात आइपुगेको प्रहरीले विवरण संकलन गर्दै आफनो औपचारिकता पुरा गरेको छ ।“उनीहरुले त उल्टै सिसीटिभी जस्ता सुरक्षाका उपाय अवलम्बन गर्न सुझाएर गए”, शर्माले थपे ।

पहिलो पटक मन्दिरमा जडान गरिएको सिसीटिभी फुटेज प्रहरीलाई उपलब्ध गराउंदा पनि चोरी गर्नेलाई पक्राउ र केहि कारवाही हुन नसकेको गुनासो मन्दिर समितिका पदाधिकारीहरुको छ । घटना पश्चात मन्दिर प्राङगणमा जम्मा भएका मन्दिर समितिमा रहेका ट्रस्टी तथा शुभचिन्तकहरुले सुरक्षा प्रवन्ध कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री