काठमाडौं। अमेरिका बस्दै आएकी नेपाली किशोरी सोनाम लामासहित पाँच जनाले न्यूयोर्कस्थित टाइम्स स्क्वायरको अंग्रेजी नयाँ वर्षको काउन्ट डाउन गर्ने भएका छन्।
डिसेम्बर ३१ का दिन लामासहित बेलायतका पूर्व विदेशमन्त्री डेभिड मिलिब्यान्ड, ल्याटिन अमेरिकी गायक जेनकार्लोस सनेला, दक्षिणी सुडानका विस्थापित निखोर पाउल र एलेक वेकसँगै लामाले डिसेम्बर ३१ राति ११ बजेर ५९ मिनेट जाँदा काउन्ट डाउन बटम थिच्ने छन्। त्यसपछि नयाँ वर्षको ६० सेकेन्डको काउन्ड डाउनको शुरुवात हुने छ। मिलिब्यान्ड इन्टरनेशनल रेस्क्यू कमिटीका सिइओ र अध्यक्ष हुन्।
सन् २०१२ मा अमेरिका पुगेकी १६ वर्षीया लामा अहिले क्विन्स स्कुलमा अध्ययनरत छिन्। लामाको पिता माओवादी विस्थापितको रुपमा अमेरिकामा शरणार्थी जीवन विताउँदै आएका छन्। आफ्नो लागि ठूलो सम्मान भएको बताउँदै सोनामले भनिन् , ‘मैले यस ठूलो सम्मान पाउंछु भनेर कल्पना समेत गरेकी थिइन्।’
विस्थापित तथा शरणार्थीको समस्याप्रति विश्वमा ध्यानाकृष्ट गराउन लामासहित विस्थापितहरुको हातबाट काउन्ट डाउन शुरु गराउन लागिएको अधिकारीहरुले बताएका छन्। न्यूयोर्क पोस्टले उनको पिता नेपाली कांग्रेसको प्रभावशाली नेताहरुको रहेको र माओवादी छापामारहरुले उनीलाई साथ दिन धम्क्याएपछि विस्थापित भएको बताएको छ। प्रारम्भ भएको हर्षोउल्लास मनाउनेमा अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायर अग्रपङ्तीमा आउंछ । सन् १९०४ देखि प्रत्येक वर्ष नयाँ वर्षको आगमनमा कार्यक्रमको आयोजना गर्ने गर्दछ।
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना : समृद्धिको लक्ष्य प्राप्ति आजको आवश्यकता
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा