लन्डन । यतिखेर सर्वत्र क्रिसमस र अंग्रेजी नयां वर्षको माहोल छ । स्कुल कलेज एवं विश्वविद्यालयमा समेत अहिले जाडो विदा भएकाले यही मौका छोपी एयरलाइन्स् कम्पनीले भाडा तेब्बर वृद्धि गरेका छन् । सामान्यतया नेपाल जान पांच सय पाउण्ड पर्ने टिकट मुल्य यो ‘फेस्टिभ सिजन’ मा १६ सय पाउण्डसम्म पुगेको नेपाली व्यवसायीले बताएका छन् । ‘एयरलाइन्स्हरुको हाइ यिल्ड जेनेरेट (बढि मुनाफा) गर्ने बेला नै यही हो’, लन्डनस्थित एउटा व्यस्त ट्राभल एजेन्सी ट्राभल कन्सोलका प्रवन्ध निर्देशक विराज भट्ट भन्छन्, ‘नेपाल जाने सिधा उडान नभएपनि एयरलाइन्स्का नेटवर्क व्यस्त हुने भएर चाडपर्वका बेला भाडा महंगो पर्न जान्छ ।’
युरोपबाट नेपालीहरुको रोजाइ विशेषगरि जेट, कतार, टर्किस्, ओमान, इत्तेहाद एयरवेज र एयर इण्डिया छ ।
डिसेम्बर दुई साता क्रिसमस, नयां वर्ष र जाडो विदा, फेब्रुअरी दुई साता बच्चाहरुको स्कुल विदा (हाफ टर्म), अप्रिल मार्च दुई साता इष्टर होलिडे, मे हाफ टर्म, जुन देखि अगष्टसम्म ६ साता समर होलिडे र अक्टोबर एकसाता हाफ टर्मका बेला भाडा दोब्बर तेब्बरसम्म हुने व्यवसायीको अनुभव छ । जांदा भाडा सस्तो (लो) भएपनि सेप्टेम्बर पहिलो साता स्कुल शुरु हुने बेला र क्रिसमस होलिडे मनाउन जानेहरु जनवरी पहिलो साता (१० तारिखसम्म) एकैचोटी फर्कंदा भाडा महंगो पर्न जाने व्यवसायी बताउंछन् ।
उल्लेखित विदा छलेर अफ सिजनमा टिकट बुक गरे भाडा सस्तो पर्ने बताउंछन् व्यवसायी । यात्राको टुंगो लागेपछि ६, ७ महिना अगाडि नै बुक गरे धेरै सस्तो हुने भट्टले जनाए ।
देउराली ट्राभल्स्का निर्देशक आशिष पन्त भाडा बढ्नुमा नेपालको रनवे क्षमता र विमानस्थलको अवस्था पनि कारण देख्छन् । ‘माग बढे पनि एयरलाइन्स्हरुले एकैचोटी धेरै यात्रु बोक्ने ठूला विमान लान नसक्दा भाडा बढेको छ’, पन्तले भने, ‘ओमान र टर्किस्ले कुहिरोमा पनि ल्याण्ड गर्न मिल्ने एन्टी फोग सिस्टमयुक्त अत्याधुनिक र ठूला विमान नेपाल लान खोजे पनि सकिरहेका छैनन् ।’
बेलायतमा लाख भन्दा बढि नेपाली रहेका र युरोप अमेरिकाबाट बेलायत हुंदै नेपाल जाने विदेशी पर्यटकहरुको संख्या वर्षेनी करिब डेढ लाख रहेको अनुमान छ । सन् २०१४ मा विश्वभरका हवाइ यात्रुहरुबाट ६ सय विलियन डलर राजश्व संकलन भएको एक तथ्यांक छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा