लन्डन । प्रवासी नेपाली मंच यूकेले आफ्नो स्थापनाको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा क्यान्सर पीडित कमलरी मुक्ति आन्दोलनकी अभियन्ता तथा पूर्व सभासद
शान्ता चौधरीको उपचार सहयोगार्थ ३ लाख ६२ हजार रुपैयां सहयोग गरेको छ । संस्थाका अध्यक्ष रामशरण सिम्खडाको विशेष अनुरोधमा समाजसेवी इशा गुरुङले एक हप्ताको अभियान संचालन गरी उक्त रकम संकलन गरेकी थिइन् भने मंचको तर्फबाट शान्ति थापा कुवरले सहयोगको संयोजन गरेकी थिइन् ।
काठमान्डौबाट यस कार्यक्रमको सहजीकरण प्रवासी नेपाली मंच यूकेकी सल्लाहकार शुष्मा राईले गरेकी थिइन् । मंचले चौधरी जस्तो सामाजिक रुपमा सकृय नेतृको स्वास्थ उपचार जस्तो पबित्र कार्यमा सानै भएपनि सहयोग गर्न पाउंदा गर्व महसुस भएको जनाउंदै शान्ताको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।
मंचले उल्लेखनीय भूमिका निर्वाह गर्ने समाजसेवी इशा गुरुङ, शान्ति थापा कुंवर, शुष्मा राई तथा यस कार्यमा आर्थिक सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]