
लण्डन । हृदयघातबाट लण्डनमा निधन भएका अनिलजंग थापाको शव अन्त्येष्ठीका लागि आज नेपाल पठाइएको छ ।
थापाको शवलाई जेट एयरवेजको आज बिहान १० बजेको उडानबाट नेपाल पठाइएको पारिवारिक स्रोतले जनाएको छ ।
थापाको पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिने बताइएको छ ।
गुल्मी देवीस्थान दरबार घर भई केही वर्षदेखि प्लमस्टिड लण्डनमा बस्दै आएका ३४ वर्षीय थापाको नोभेम्बर ३० का दिन सेन्ट थोमस हस्पिटलमा निधन भएको थियो ।
शुरुमा उनको अन्त्येष्ठी युकेमै गर्ने भनिए पनि परिवारको चाहनाका कारण नेपाल लगिएको हो ।
थापा श्रीमतीसित युकेमा बस्दै आएका थिए ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने