लन्डन । केही साताअघि बेलायती सेनाको उच्च सैनिक अधिकृत पद लेफ्टिनेन्ट कर्णेलमा पदोन्नति भएका गोर्खा सैनिक यमबहादुर रानालाई अल्डरसटमा सम्मान गरिएको छ । निरमाया रोधीघरमा आयोजित एक कार्यक्रममा रानालाई राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बेलायत शाखा, एसियन महिला समूह र निरमाया रोधीघरले खादाले सम्मान गरेका हुन् । राना गल्फ क्लव टिमका तर्फबाट डिनरमा सहभागी हुने क्रममा ति संस्थाले सम्मान गरेका थिए ।
प्रतिष्ठानका संयोजक मोहन गुरुङ, एसियन महिला संघका अम्बिका शाही र सल्लाहकार शान्ति थापा कुंवर तथा निरमाया रोधीघरका प्रोपाइटरहरु गणेश गुरुङ र धन गुरुङले रानालाई सम्मान गर्दै वधाइ दिएका थिए ।
उक्त अवसरमा रानाले धन्यवाद ज्ञापन गर्दै आफ्नो निरन्तर लगाव र संघर्षका कारण बेलायती सेनाको उच्च पदमा पुग्न सफल भएको बताए । उनले आफ्नो सफलता भावी पिंढीका लागि समेत प्रेरणाको श्रोत बन्ने बताएका थिए ।
गुल्मी लिम्घाका यमबहादुर राना बेलायती सेनाको उच्च सैनिक अधिकृत पद लेफि्टनेण्ट कर्णेल पदमा पुग्ने नेपाली मूलका तेस्रो नेपाली हुन् । तर, उनी सेकेण्ड लेफि्टनेण्ट (स्यान्डर्सस्ट) कोर्स नगरी यो पदमा पुग्ने पहिलो नेपाली हुन् ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस