छानवीन समितिले एकै दिनमा सुझाव लियो


रात्री भोजमा सरिक छानवीन समितिका सदस्यसहित एनआरएनए यूके अभियन्ताहरु

रात्री भोजमा सरिक छानवीन समितिका सदस्यसहित एनआरएनए यूके अभियन्ताहरु

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) विवाद छानवीन गरि केन्द्रलाई प्रतिवेदन बुझाउन गठित समितिले आइतबार एकै दिन सुझाव लिएको छ ।

छानवीन समितिका सदस्यहरु डा. अम्बिका अधिकारी र लोकभक्त राणाले अध्यक्षका दुई दावेदार महेन्द्र कंडेल र योगेन्द्रबहादुर क्षेत्री, आइसीसी सल्लाहकारहरु, आइसीसी यूके सदस्यहरु, संरक्षक लगायतसंग वान टु वान सुझाव लिएका हुन् । समितिका संयोजक डा. कुलचन्द्र गौतम भने कार्यव्यस्तताका कारण यूके आएनन् ।
फार्नवोरोस्थित होलिडे इनमा बिहान दश देखि सांझ आठ बजेसम्म निरन्तर सुझाव संकलन भएको थियो ।

श्रोतका अनुसार, शुरुमा योगेन्द्र बहादुर क्षेत्री, त्यसपछि एनआरएनए यूके पूर्व अध्यक्ष कुल आचार्य, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, आइसीसी सल्लाहकार डा. हेमराज शर्मा, आइसीसी यूके मेम्बरहरु थर्क सेन, सुरेन्द्र श्रेष्ठ, पशुपति भण्डारी, विजन भट्ट र विनोद ज्ञवालीसंग सुझाव लिइएको थियो ।

त्यसपछि समितिका सदस्यहरुले महेन्द्र कंडेल, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित र अन्तिममा आइसीसी सल्लाहकार डमर घले (यूके संरक्षक) संग सुझाव लिए । समितिले कंडेल र क्षेत्रीसंग झण्डै एक घण्टा भन्दा बढि समय लिएको थियो । सबैसंग बेग्ला बेग्लै भेटे गरेपछि समिति र अन्य 
रात्री भोजमा सरिक भएका थिए ।

अघिल्लो वर्ष सहमति गराउन मुख्य भूमिका निर्वाह गर्ने एनआरएनए यूके प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदी भने बेलायतमा नभएकाले अनुपस्थित थिए । उनले सहभागी हुन नसकेपनि अरु साथीहरुले दिएको सुझाव मान्य हुने भन्दै आफ्नो तर्फबाट फूल म्यान्डेट दिएका बताइएको छ ।

आइसीसी पूर्व उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ र समाजसेवी चिकित्सक डा. राघवप्रसाद धितालले समय अभावका कारण उपस्थित हुन नसक्ने जनाउ दिएका थिए । छानवीन समितिले एनआरएनए यूके विवाद नजिकबाट नियालिरहेका सञ्चारकर्मीहरुलाई भने औपचारिक भेटेन ।

समितिका सदस्यहरुलाई भेटेका एक अभियन्ताका अनुसार, समितिले प्राप्त सुझावहरुको उच्च कदर गर्दै अन्तिम प्रतिवेदन केन्द्रलाई बुझाउने आश्वासन दिएको छ । समितिले क्रिसमस र नयां वर्ष परेकाले रिपोर्ट पेश गर्न भने अलिक बेर लाग्ने बताएको छ । सहभागी ति सदस्यले मिल्नु नै एकमात्र विकल्प रहेकाले गत वर्षको सहमतिलाई टेकेर वैधानिक बाटोमा समस्या समाधान गर्न सुझाव दिएको जनाए ।

समितिका सदस्य मध्ये डा. अम्बिका अधिकारी छिट्टै अमेरिका फर्कने र लोकभक्त राणा भने केही समय बेलायतमै बस्ने छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री