गत ३० नोभेम्बरमा लण्डनमा हृदयघात पश्चात उपचार हुदा हुदै आकस्मिक मृत्यु भएका गुल्मीका अनिल जंग थापाको शब परिवारजनको चाहना बमोजिम नेपाल पठाइने भएको छ ।समाजका अध्यक्ष अर्जुन गौतमका अनुसार थापाको शब नेपाल पठाउन गुल्मी जिल्ला समाज युकेका सदस्यहरुको आपसी सहयोगबाट पन्ध सय सत्र पाउण्ड (£१५१७ ) थापाको शब पारबहन सहयोगार्थ हस्तान्तरण गरिएको छ । शनिवार गुल्मी जिल्ला समाज युकेका पदाधिकारीहरु थापाको लण्डन प्लमस्टिड निवासमा पुगी पारिवारिक सहयोगी तथा समन्वय कर्ता भरत थापालाई संकलित रकम हस्तान्तरण गरे ।
सो अवसरमा संस्थाको तर्फबाट अध्यक्ष अर्जुन गौतम सहित उपाध्यक्ष बिनोद ज्ञवाली, सल्लाहकारहरु बालजंग अर्याल, मोतिराज भण्डारी, दाशु पाण्डे र फत्त थापाको उपस्थिति थियो। संस्थापक अध्यक्ष ओम थापा उपस्थित हुन नसकेकोमा क्षमा याचना गरेको जानकारी महासचिव राम गलामीले दिएका छन् । गुल्मी जिल्ला समाज युकेको मुख्य सहयोग साथै अन्य संस्था तथा व्यक्तिहरुको सहयोगले रकम अभाव नहुने जानकारी फ्युनेरल कम्पनिसंग समन्वय गरेका गुल्मी जिल्ला समाज युकेका सल्लाहकार दाशु पाण्डेले बताए । आफ्नी श्रीमतीको साथमा लण्डन प्लम्स्टिड बस्दै आएका थापाको शव नेपाल पठाउन गुल्मी जीला समाज युकेले सहयोग संकलनको पहल कदमी गरेको थियो । यस अघि पनि संस्थाका सचिव शिव भण्डारी, सल्लाहकार दुर्गा पाण्डे, चेतनाथ खनाल उनको निवास पुगेका थिए |
चाल्टर्न नेपाली समाजको सहयोग पनि हस्तान्तरण
साउथ इष्ट लण्डनको चार्ल्टन निवासी नेपालीहरुको साझा मंच चाल्टर्न नेपाली समाज युकेले पनि स्वर्गीय थापाको शव नेपाल पठाउन सहयोग गरेको छ । संस्थासंग आवद्द व्यक्तिहरुबाट संकलित पांच सय छब्बीस (£५२६) पाउण्ड पारिवारिक सहयोगी भारत थापालाई हस्तान्तरण गरिएको सचिव तोयनाथ रिजालले जनाएका छन् । उक्त रकम हस्तान्तरणका लागी चाल्टर्न नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डे र कोषाध्यक्ष कृष्ण खरेल स्वर्गीय थापाको निवास पुगेका थिए । उपाध्यक्ष टंक कंडेलका अनुसार, सहयोग रकम कार्य समिति र सल्लाहकारबाटै संकलन गरिएको थियो ।
यस अलावा अन्य संस्था तथा व्यक्तिगत संयोजनबाट पनि सहयोग संकलन भएको जानकारी प्राप्त भएको छ परन्तु धेरैतिरबाट सहयोग भएकोले विवरणको पूर्णता भने आइसकेको छैन् । मर्दा पर्दा दिल खोलेर सघाउने नेपाली प्रचलन देश बाहिर प्रवाशमा पनि नेपालीहरुले दर्शाएका छन् । संस्थागत परिधि बाहिर रहनेहरु पनि स्वतस्फूर्त रुपमा यो कार्यमा सहयोग गरिरहेका छन् ।
पोस्ट मार्टम प्रकृया लम्बिंदा स्वर्गीय थापाकी श्रीमती सुनिता शनिवारमात्रै नेपाल प्रस्थान गरेकी छिन् भने थापाको पार्थिव शरीरलाई आगामी हप्ता नेपाल पठाउने पक्का भएको छ । उपचारको क्रममा मृत्यु भएका थापाको पोस्टमार्टम गर्दा ल्याब टेस्ट लगायतका प्रकृया अपनाउनु पर्ने भएकोले यति लामो समय लागेको बताइएको छ ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने