स्वर्गीय थापाको परिवारलाई सहयोग

Anil Jung Thapa

गत ३० नोभेम्बरमा लण्डनमा हृदयघात पश्चात उपचार हुदा हुदै आकस्मिक मृत्यु भएका गुल्मीका अनिल जंग थापाको शब परिवारजनको चाहना बमोजिम नेपाल पठाइने भएको छ ।समाजका अध्यक्ष अर्जुन गौतमका अनुसार थापाको शब नेपाल पठाउन गुल्मी जिल्ला समाज युकेका सदस्यहरुको आपसी सहयोगबाट पन्ध सय सत्र पाउण्ड (£१५१७ ) थापाको शब पारबहन सहयोगार्थ हस्तान्तरण गरिएको छ । शनिवार गुल्मी जिल्ला समाज युकेका पदाधिकारीहरु थापाको लण्डन प्लमस्टिड निवासमा पुगी पारिवारिक सहयोगी तथा समन्वय कर्ता भरत थापालाई संकलित रकम हस्तान्तरण गरे ।

सो अवसरमा संस्थाको तर्फबाट अध्यक्ष अर्जुन गौतम सहित उपाध्यक्ष बिनोद ज्ञवाली, सल्लाहकारहरु बालजंग अर्याल, मोतिराज भण्डारी, दाशु पाण्डे र फत्त थापाको उपस्थिति थियो। संस्थापक अध्यक्ष ओम थापा उपस्थित हुन नसकेकोमा क्षमा याचना गरेको जानकारी महासचिव राम गलामीले दिएका छन् । गुल्मी जिल्ला समाज युकेको मुख्य सहयोग साथै अन्य संस्था तथा व्यक्तिहरुको सहयोगले रकम अभाव नहुने जानकारी फ्युनेरल कम्पनिसंग समन्वय गरेका गुल्मी जिल्ला समाज युकेका सल्लाहकार दाशु पाण्डेले बताए । आफ्नी श्रीमतीको साथमा लण्डन प्लम्स्टिड बस्दै आएका थापाको शव नेपाल पठाउन गुल्मी जीला समाज युकेले सहयोग संकलनको पहल कदमी गरेको थियो । यस अघि पनि संस्थाका सचिव शिव भण्डारी, सल्लाहकार दुर्गा पाण्डे, चेतनाथ खनाल उनको निवास पुगेका थिए |

चाल्टर्न नेपाली समाजको सहयोग पनि हस्तान्तरण 

साउथ इष्ट लण्डनको चार्ल्टन निवासी नेपालीहरुको साझा मंच चाल्टर्न नेपाली समाज युकेले पनि स्वर्गीय थापाको शव नेपाल पठाउन सहयोग गरेको छ ।  संस्थासंग आवद्द व्यक्तिहरुबाट संकलित पांच सय छब्बीस (£५२६) पाउण्ड पारिवारिक  सहयोगी भारत थापालाई हस्तान्तरण गरिएको सचिव तोयनाथ रिजालले जनाएका छन्  । उक्त रकम हस्तान्तरणका लागी चाल्टर्न नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डे र कोषाध्यक्ष कृष्ण खरेल स्वर्गीय थापाको निवास पुगेका थिए । उपाध्यक्ष टंक कंडेलका अनुसार, सहयोग रकम कार्य समिति र सल्लाहकारबाटै संकलन गरिएको थियो ।

यस अलावा अन्य संस्था तथा व्यक्तिगत संयोजनबाट पनि सहयोग  संकलन भएको जानकारी प्राप्त भएको छ परन्तु धेरैतिरबाट सहयोग भएकोले विवरणको पूर्णता भने आइसकेको छैन् । मर्दा पर्दा दिल खोलेर सघाउने नेपाली प्रचलन देश बाहिर प्रवाशमा पनि नेपालीहरुले दर्शाएका छन् । संस्थागत परिधि बाहिर रहनेहरु पनि स्वतस्फूर्त रुपमा यो कार्यमा सहयोग गरिरहेका छन् ।

पोस्ट मार्टम प्रकृया लम्बिंदा स्वर्गीय थापाकी श्रीमती सुनिता शनिवारमात्रै नेपाल प्रस्थान गरेकी छिन् भने थापाको पार्थिव शरीरलाई आगामी हप्ता नेपाल पठाउने पक्का भएको छ । उपचारको क्रममा मृत्यु भएका थापाको पोस्टमार्टम गर्दा ल्याब टेस्ट लगायतका प्रकृया अपनाउनु पर्ने भएकोले यति लामो समय लागेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री