सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: १८:३६ | UK Time: 13:51

मन्त्री खड्कासँग कति छ सम्पत्ति?

वीनेपाली
२०७१ पुष ५ गते १८:०२

काठमाडौँ। सहरी विकास मन्त्री डा नारायण खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७०/७१ को सम्पत्ति विवरण पेस गरेका छन्। मन्त्री खड्काको काठमाडौँको खड्का भद्रकालीमा घर जग्गा, गृह जिल्ला उदयपुरमा १५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । Narayan Khadka

यसैगरी मन्त्री खड्कासँग करिब १८ तोला सुन, मन्त्री खड्काकी श्रीमतीको नाममा नविल बैंकमा दुई लाख ६० हजार १६८ रुपैयाँ र श्रीमतीकै नाममा सोही बैंकमा दुई हजार १ सय ९९ डलर रहेको छ । मन्त्री खड्काको नाममा एभरेष्ट बैंकमा एक लाख ४३ हजार रुपैयाँ रहेको र उहाँकै नाममा एउटा टोयोटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक