लन्डन । लण्डनमा नेपाली व्यवसायीबाट सञ्चालित नीम ट्री फार्मेसीले योङ्ग फ्रेण्ड्ली अवार्ड प्राप्त गरेको छ । कँडेल गु्रपद्वारा सञ्चालित नीम ट्रीलाई स्थानीय ग्रीनवीच काउन्सिलले सो अवार्ड प्रदान गरेको हो । स्थानीय क्षेत्रमा युवाहरुमा केन्द्रित समावेशी र सहयोगमूलक सेवा उपलब्ध गराए वापत नीम ट्रीले अवार्ड पाएको हो ।
स्थानीय काउन्सिलबाट प्रदान गरिएको सो अवार्डलाई बेलायत सरकारको स्वास्थ्य विभागले समेत मान्यता दिने गरेको छ । वीलवीचमा आयोजित एक कार्यक्रममा ग्रीनवीच काउन्सिलका जनस्वास्थ्य विभाग निर्देशक स्टीभ ह्वाइटम्यानले नीम ट्रीकी सुपरिटेन्डेन्ट फार्मसिस्ट शोभा कँडेललाई अवार्ड प्रदान गरेका थिए ।
कँडेल गु्रपले ‘नीम ट्री’ र वीलवीच ‘लेट नाइट’ गरी लण्डनमा दुई वटा फार्मेसी सञ्चालन गरेको छ । लण्डनमा अहिलेसम्म नेपाली व्यवसायीबाट सञ्चालित फार्मेसी यी दुई मात्र हुन् ।
दुवै फार्मेसीमा नेपाली भाषा बोल्ने कर्मचारीहरु पनि छन् । विशेष गरी अंग्रेजी भाषा बोल्न नजान्ने भूतपूर्व गोर्खाहरुका लागि यी दुवै फार्मेसीका कारण निकै सजिलो हुने गरेको छ । यी फार्मेसीहरुले गोर्खाहरुका लागि विशेष प्राथमिकता र सहुलियत सहितको सेवा पनि उपलब्ध गराउँदै आएका छन् ।
बेलायतमा व्यवसाय गरिरहेको कँडेल ब्रदर्श समूहले नेपालमा बेलायती विश्वविद्यालयबाट मान्यताप्राप्त ‘द व्रिटिश कलेज’ पनि सञ्चालन गरेको छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो