लन्डन । एनआरएनए यूके विवाद छानवीन गर्न केन्द्र (एनआरएनए आइसीसी) बाट गठित समितिका संयोजक कुलचन्द्र गौतम बेलायत नआउने भएका छन् । गौतमले काठमाण्डौंमा आफ्नो छोड्नै नहुने प्रतिवद्धता भएको जनाउंदै छानवीन समितिका अरु पदाधिकारीलाई उल्लेख्य सहयोग गर्न आग्रह गरेका छन् ।
गौतमले छानवीन समितिका अरु सदस्यहरु लोकभक्त राणा र डा. अम्बिका अधिकारीसंग आफू नियमित सम्पर्कमा रहने जनाउंदै बेलायतस्थित पदाधिकारीहरुलाई प्रेषित गरेको इमेलमा समितिले व्यवसायिक र निष्पक्ष छानवीन गरि एनआरएनए यूके र केन्द्रको गरिमा कायम राख्न सघाउने विश्वास व्यक्त गरेका छन् ।
समितिका ति दुई सदस्यले बेलायतमा एनआरएनए अभियानका अग्रजहरु, आइसीसी सदस्यहरु, सल्लाहकारहरु, अध्यक्षका दावेदार महेन्द्र कंडेल एवं योगेन्द्रबहादुर क्षेत्री समूह, वुद्धिजिवी लगायतसंग यथार्थ बुझी प्रतिवेदन बनाउनेछन् । एनआरएनए यूके संरक्षक एवं आइसीसी सल्लाहकार डमर घलेले सम्वन्धित व्यक्तिसंगको छलफल मिति र स्थान तय गर्ने जनाइएको छ । राणा १९ डिसेम्बरमा लन्डन आउने तय भएको छ भने अधिकारी पनि त्यही आसपासमै लन्डन उत्रिने छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य