लन्डन । नेपाली गायनमा जमेको जोडी उदय र मनिलाले गत आइतबार लन्डनस्थित ह्यारो वरो फुटबल क्लव हलमा आफ्नो प्रस्तुति दिए । सपन इन्टरटेनमेन्ट लिमिटेडको आयोजनामा भएको उक्त सांगीतिक कार्यक्रममा उदय मनिला जोडीले आफ्ना कर्णप्रिय गीतहरु गाएर दर्शक मन जिते ।
उदय मनिला जोडीले फूलको थुंगाका साथ दर्शकहरुलाई स्वागत अभिवादन गर्दै आधी बाटो हिंडेपछि तिमीसित… गीत गाउंदा उपस्थित दर्शक ननाची रहनै सकेनन् ।
त्यसपछि जय श्रीवास्तव र रुपेश गुरुङको लाइभ म्युजिक धुनमा हांसो ठट्टा सहित करिब ३८ वटा पुराना, आधुनिक र हिन्दी गीतहरु प्रस्तुत हुंदा दर्शकले भरपुर मनोरञ्जन लिए । लारा (लक्ष्मी राई) ले उद्घोषण गरेको उक्त सांगीतिक कार्यक्रममा स्थानीय गायिका शर्मिला वर्देवा र आयोजक आफैं सपन राईले पनि गीत गाएर मनोरञ्जन प्रदान गरे ।
उदय र मनिलाले यस अघि फानबरो र ब्रेकनमा पनि कार्यक्रम प्रस्तुत गरि सकेका छन् ।
उदय र मनिला म्यूजिकल टुर २०१४ आगामी २० डिसेम्वरमा मेडस्टोन इन्जिनियरिङ आर्मी क्याम्पमा, २२ डिसेम्बरमा क्रोइडनमा,२६ डिसेम्वरमा अल्डरसोट भेटघाट रेस्टुरेन्टमा, २८ डिसेम्बरमा फोक्स्टोन र १० जनवरी २०१५ मा बेजिङस्टोकमा आयोजना हुने सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपन राई र मन्जु गुरुङ राईले जनाएका छन् ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]