लन्डन । नेपालकी एकजना आइकन लेडी खुश्वु ओलीले लन्डनमा पिएचडी गर्ने भएकी छन् । उनी निकट श्रोतका अनुसार, खुश्वुले ‘सोर्स बीहाइन्ड द राइज अफ मुश्लिम एक्स्ट्रिजम इन मिडिल इष्ट’ टपिकमा पिएचडी गर्ने सोच बनाएकी हुन् । यसअघि मास्टर्स गरेको युनिभर्सिटी अफ अक्सफोर्डबाटै पिएचडी गर्ने भनेर उनले प्राध्यापकहरुसंग छलफल गरिरहेको जनाइएको छ । उनले आगामी जनवरी इन्टेकबाट छात्रवृत्तिमै पढ्ने योजना बनाइरहेको श्रोतले उल्लेख गरेको छ ।
यसअघि ‘इन्टरनेशनल कन्फ्लिक्ट’ मा एमएससी गरेकाले आफ्नो पिएचडी विषय मिल्दोजुल्दो र जोखिमयुक्त रहेको खुश्वुले आफन्तसंग बताएकी छन् । ‘करिअर वाइज’ उक्त विषय उपयुक्त हुने भएर खुश्वुले जोखिम मोल्न लागेकी हुन् ।
मनिटरिङ एण्ड इभ्यालुएसन एनालिष्टका रुपमा फ्रिल्यान्सिङ काम गरिरहेकी उनले पिस एण्ड कोर्प्स लगायत कयौं प्रोजेक्ट सम्हालिरहेकी छन् ।
पिएचडी गर्ने उद्देश्यबाहेक आफ्नो आश्रममा रहेका वालवालिकालाई ‘स्ट्रिट चाइल्ड वर्ल्डकप’ मा सहभागिताका लागि नाम दर्ता गराउन लन्डन आएकी खुश्वुले ‘सेल्टर’ नामक वाल आश्रम चलाइरहेकी छन् । ५ देखि १८ वर्षका करिब पैंतिस असहाय वालवालिका छन् आश्रममा । आश्रमको नाम २०१४ बाटै सेल्टर परिवर्तन भएको हो । यसअघि ह्युमन वेलफेयर ग्रुप छंदा उपाध्यक्ष भएर काम गरेकी उनले मासिक करिब तीन लाख रुपैयां खर्च आफ्नै पकेटबाट धानिरहेको श्रोतले उल्लेख गरेको छ । उनका ४ छोरा र एक छोरी धर्मपुत्र पुत्रीका रुपमा छन् ।
सन् २००० मा काठमाण्डौ जेसिस्ले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’ भएकी उनी सन् २००६ मा मिस टिन भएपछि मिडियामा छाइन् । समाज सेवा गर्ने माध्मकै लागि मिस टिनमा सहभागिता जनाएकी खुश्वुले मिल्ने साथीहरुको आग्रहमा तीनवटा म्यूजिक भिडियो पनि गरेकी छिन् ।
उनले भविष्यमा राजनीति गर्ने सोच बनाएको श्रोतको भनाइ छ । तर, नेपालको राजनीतिक अस्थिरता अनि नेताहरुमा पदलोलुपता प्रवृत्तिले सजिलै युवाहरुले अवसर पाउन सहज नहुने उनको बुझाइ छ । उनलाई नजिकबाट नियाल्नेले उनी एउटा प्रेरणाको श्रोत र उनको ‘पोर्टफोलियो’ धेरैका लागि अनुशरणयोग्य समेत भएको 
ठान्छन् ।
क्षमायाचना
यसअघि २५ कात्तिकमा वीनेपालीमा ‘भिसा नथपिएपछि नेपाल फर्किन् खुश्वु’ शीर्षकमा प्रकाशित समाचारले खुश्वुको पारिवारिक, करिअर तथा व्यक्तिगत जीवनमा पर्न गएको असुविधाप्रति हामी दुःखी छौं । समाचार श्रोतको असावधानीले समाचारका कतिपय अंश असत्य हुन गएकामा हामी क्षमायाचना गर्दछौं । (सं)
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य