लन्डन । लन्डन एक्सेलमा आइतबार सांझ सम्पन्न ६४ औं मिस वर्ल्डको ताज मिस साउथ अफ्रिका रोलेन स्ट्राउस््ले पहिरिएकी छिन् । २२ वर्षीया स्ट्राउस्् चिकित्सा विषयकी विद्यार्थी हुन् । मिस हंगेरी इडिना कुल्सार फष्ट रनरअप र युनाइटेड स्टेट्सकी एलिजावेथ सफरिट सेकेन्ड रनर अप भए । प्रतियोगितामा विश्वभरका एकसय २० सुन्दरीले प्रतिष्पर्धा गरेका थिए ।
ग्रयाण्ड फिनालेको टप पांचमा मिस इंग्ल्याण्ड, मिस अस्ट्रेलिया, मिस युनाइटेड स्टेट्स, मिस साउथ अफ्रिका र मिस हंगेरी पुगेका थिए ।
त्यस्तै टप टेनमा पुग्नेमा मिस इण्डिया, मिस साउथ अफ्रिका, मिस इंग्ल्याण्ड, मिस गुयना, मिस ब्राजिल, मिस हंगेरी, मिस केन्या, मिस युनाइटेड स्टेट्स, मिस मेक्सिको र मिस अस्ट्रेलिया सुन्दरीहरु थिए । मिस वर्ल्ड अध्यक्ष जुलिया मोर्लेले ६३ वर्ष अघि शुरु प्रतियोगिताको यस वर्षको संस्करण लन्डनमा सफलतापूर्वक सम्पन्न भएकामा प्रसन्नता व्यक्त गरेकी छिन् ।
मिस नेपाल सुविन लिम्बु भने ताजविहीन भइन् । विगतका नेपाल सुन्दरीहरुकै परम्परा दोहोर्याउंदै सुविनले नेपालको प्रतिनिधित्वसहित सहभागिता मात्र जनाउन सकिन् । उनलाई हौसला प्रदान गर्न बेलायतस्थित नेपालीहरु कार्यक्रम स्थलमा ओइरिएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा