लन्डन । लन्डन एक्सेलमा आइतबार सांझ सम्पन्न ६४ औं मिस वर्ल्डको ताज मिस साउथ अफ्रिका रोलेन स्ट्राउस््ले पहिरिएकी छिन् । २२ वर्षीया स्ट्राउस्् चिकित्सा विषयकी विद्यार्थी हुन् । मिस हंगेरी इडिना कुल्सार फष्ट रनरअप र युनाइटेड स्टेट्सकी एलिजावेथ सफरिट सेकेन्ड रनर अप भए । प्रतियोगितामा विश्वभरका एकसय २० सुन्दरीले प्रतिष्पर्धा गरेका थिए ।
ग्रयाण्ड फिनालेको टप पांचमा मिस इंग्ल्याण्ड, मिस अस्ट्रेलिया, मिस युनाइटेड स्टेट्स, मिस साउथ अफ्रिका र मिस हंगेरी पुगेका थिए ।
त्यस्तै टप टेनमा पुग्नेमा मिस इण्डिया, मिस साउथ अफ्रिका, मिस इंग्ल्याण्ड, मिस गुयना, मिस ब्राजिल, मिस हंगेरी, मिस केन्या, मिस युनाइटेड स्टेट्स, मिस मेक्सिको र मिस अस्ट्रेलिया सुन्दरीहरु थिए । मिस वर्ल्ड अध्यक्ष जुलिया मोर्लेले ६३ वर्ष अघि शुरु प्रतियोगिताको यस वर्षको संस्करण लन्डनमा सफलतापूर्वक सम्पन्न भएकामा प्रसन्नता व्यक्त गरेकी छिन् ।
मिस नेपाल सुविन लिम्बु भने ताजविहीन भइन् । विगतका नेपाल सुन्दरीहरुकै परम्परा दोहोर्याउंदै सुविनले नेपालको प्रतिनिधित्वसहित सहभागिता मात्र जनाउन सकिन् । उनलाई हौसला प्रदान गर्न बेलायतस्थित नेपालीहरु कार्यक्रम स्थलमा ओइरिएका थिए ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल