बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: ०८:०४ | UK Time: 03:19

‘अन्तरिम संविधान अपडेट गरेर भएपनि समयमै संविधान’

वीनेपाली
२०७१ मंसिर २२ गते १८:३४

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम संविधानलाई अध्यावधिक गरेर पनि निर्धारित समयभित्र नयाँ संविधान जारी गरिने बताएका छन्। एमाले मुख्यालय बल्खुमा सोमबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माघ ८ मै संविधान जारी गर्नका लागि सो विकल्प खुला रहेको बताएका हुन् । ‘राष्ट्रलाई अहिले गर्ने विषय बाहेक हामी संविधान निर्माणको विषयमा लचिलो भएर प्रस्तुत हुने छौं’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘एक वर्षभित्र संविधान जारी गर्नका लागि अन्तरिम संविधानलाई अपडेट गरेर पनि जान सकिन्छ।’oli

शान्ति प्रक्रियामा आएको तत्कालिन विद्रोही नेकपा (माओवादी) र सात राजनीतिक दलबीच भएको सहमतिको आधारमा नेपाल अधिराज्यको संविधान २०४७ लाई विस्थापित गर्दै अन्तरिम संविधान २०६३ माघ १ मा अन्तरिम संविधान जारी गरिएको थियो । अन्तरिम संविधान एक दर्जन पटक भन्दा बढी संशोधन गरिएको छ।

बैठकमा ओलीले वर्तमान सरकार विघटन नभै यही सरकारमा अन्य राजनीतिक दललाई सहभागी गराउने प्रयास भैरहेको जानकारी गराएका थिए । ओलीको उद्घाटन मन्तब्यपछि बुधबार दिउँसोसम्मका लागि बैठक स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक