लन्डन । बेलायतको स्वीन्डन बस्दै आएका ६० भन्दा बढी पूर्व गोर्खा सैनिकले हाउस अफ कमन्समा छाँया रक्षामन्त्रीसँग भेट गरेका छन्। पेन्सन सुधार र गोर्खालीहरुको बाक्लो उपस्थिति रहेको स्थानमा कसरी सहयोग गर्न सकिन्छ भन्नेसहितका विविध विषयमा छलफल गर्न विपक्षी लेबर पार्टीको आमन्त्रणमा उनीहरु संसद भवन पुगेका हुन्। सन् १९९७ भन्दाअघिका गोर्खा सैनिकहरुले बेलायती समकक्षीको तुलनामा निकै कम पेन्सन पाउने गरेका छन् । बेलायतले सन् १९४७ को सम्झौताको हवला दिएपनि समान पेन्सनका लागि पूर्व गोर्खा सैनिकले लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।
छायाँ रक्षामन्त्री केभान जोन्ससँगको भेटमा लामो समय समान पेन्सनको विषयमा केन्द्रित थियो ।
‘विगत दुई शताब्दीदेखि गोर्खाहरुले बेलायती राजमुकुटको सेवा गरेको विषयलाई अपमानको रुपमा नभै सम्मान र गर्वको रुपमा लिएको छ ‘जोन्ससँग छलफलमा संलग्न रहेका नेपाली संगठनका संयोजक रहेका लालसुन्दर राईले भने, ‘लेबर सरकारको पालामा गोर्खाले धेरै वटा अधिकार प्राप्त गरेका छन् । लेबर पार्टीको छायाँ सरकारका रक्षामन्त्रीसँग भेट निकै सम्मानको रुपमा लिएका छौं । ‘
राईले गोर्खालीहरुले बेलायती समकक्षीहरुले भन्दा आफ्नो जिम्मेवारी पुरा गर्न कसर बाँकी नराखेपनि पूर्व गोर्खा सैनिकहरुले पेन्सनको विषमा विभेद र समस्या झेल्नु परेको बताए ।
उनले चाँडै नै बेलायत सरकारबाट निष्पक्ष व्यवहार हुने अपेक्षा लिएको बताए। पूर्व गोर्खा सैनिकको भेटमा साथमा रहेकी साउथ स्वीन्डनकी पूर्व संसाद एनी स्नेलग्रोभ गोर्खा समुदायको सहयोग अझै धेरै गर्न आवश्यक रहेको बताइन् । तर उनले पेन्सन सुधारको प्रतिवद्धता असमर्थ रहेको बताइन।
‘पछिल्लो २ सय वर्षदेखि बेलायती सैनिकसँगै बहादुरीसाथ द्वन्द्वमा लडेका गोर्खा सैनिकलाई धन्यवाद दिनका लागि धेरै बाँकी नै छ,’ उनले भनिन् ‘केभानले सन् १९६८ को कटौतीमा परेका चरम गरिबीमा बाँच्दै आएका गोर्खा सैनिकहरुको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।’
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता