लण्डन । गुल्मीको दरवार देवीस्थान घर भई हाल लण्डनमा बस्दै आएका अनिलजंग थापाको हार्ट अट्याकका कारण आइतबार निधन भएको छ ।
दरवार देवीस्थान वडा नम्बर ७ स्थायी घर भएका ३४ वर्षीय थापालाई आइतबार बिहान २ बजे सामान्य छाती दुखाइ र खोकी लागेपछि साथीहरुले क्वीन एलिजावेथ हस्पिटल पुर्याएका थिए ।
साथीहरु गणेशजंग थापा र नारायण अधिकारीसित सामान्य कुराकानी गर्दै अस्पताल पुगेका थापा इमरजेन्सी कक्षमा समेत होसमै थिए । रगत परीक्षणपछि डाक्टरहरुले उपचार गर्दागर्दै थापा बेहोस भएको बताइएको छ ।
उनलाई चिकित्सकहरुले बिहान ५ बजेतिर सेन्ट थोमस हस्पिटल लैजान रिफर गरेका थिए । उनलाई एम्बुलेन्समा चिकित्सकहरुकै साथमा सेन्ट थोमस लगिएको थियो ।
मुटुको शल्यक्रिया सफल भएको केही समयपछिसम्म पनि मुटुले पुन काम शुरु नगरेपछि उनलाई बिहान ६ बजेतिर चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
अहिले उनको शव हस्पिटलमै रहेको छ । पारिवारिक स्रोतका अनुसार उनको दाहसँस्कार युकेमै गरिने भएको छ ।
श्रीमतीसहित लण्डनको प्लमस्टिडमा बसोबासरत थापाको अन्त्येष्ठीका लागि परिवार र आफन्तहरुले प्रक्रिया शुरु गरेका छन् ।
सन् २००९ मा वर्क परमिटमा थापा युके आएका थिए । तेक्वान्दोका खेलाडी समेत रहेका थापा दाजुभाइहरुमा उनी साहिँला छोरा थिए । उनका साथी नारायण अधिकारी थापाका बारेमा स्मरण गर्दै भन्छन् – अनिल स्वस्थ्य र साथीभाइ भनेपछि हुरुक्कै हुन्थे । नेपालका लागि केही गर्नुपर्छ भनेर सधैँ भन्ने गर्थे । उनको सपना हामीलाई छोडेर गए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल