लण्डन । विश्व अपाङ्ग दिवसको अवसरमा गुल्मी जिल्ला समाज युकेले प्रत्येक वर्ष बेलायतमा गर्दै आइरहेको च्यारिटी कार्यक्रम यस वर्ष पनि भव्यरुपमा सम्पन्न भएको छ ।
अन्य सामाजिक कार्यका अलावा गुल्मी जिल्लामा संचालित आशा अपाङ्ग केन्द्रको सहयोगार्थ समाजले वर्षैपिच्छे यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।
समाजका अध्यक्ष अर्जुन गौतमको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममाकार्यक्रमसंयोजक फडिन्द्र भट्टराईले स्वागत मन्तब्य दिएका थिए ।बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री, एनआरएन युकेका अध्यक्ष महेन्द्र कंडेल, एनआरएन युकेका महासचिव आर के त्रिपाठी लगायतले आफ्नो मन्तब्य राख्दै गुल्मी जिल्ला समाज युकेले वर्षेनी गर्दै आइरहेको परोपकारी कार्यको प्रसंशा गरेका थिए ।
समाजका सल्लाहकार मोतिराज भण्डारीले विश्व अपाङ्गता दिवसको सन्दर्भमा चर्चा गरेका थिए भने संस्थापक अध्यक्ष ओमप्रसाद थापाले आशा अपाङ्ग केन्द्रमा संकलित रकम कसरी सदुपयोग गरिन्छ भन्ने जानकारी गराएका थिए ।
महासचिव राम गलामी र सचिव शिव भण्डारीले संचालन गरेको औपचारिक कार्यक्रमको समापन गर्दै अध्यक्ष गौतमले सहयोगीहरुप्रति हार्दिक आभार ब्यक्त गरे ।
संस्थापक अध्यक्ष ओम थापाले सोही कार्यक्रमको राफल चिट्ठामा आफूलाई परेको आइफोन आशा अपाङ्ग केन्द्र गुल्मीकी संचालिका गंगा रायमाझीलाई दिने घोषणा गरेका थिए ।
स्थानिय समाजसेवी, व्यवसायी गुल्मेली तथा गैरगुल्मेली नेपालीहरुको अपेक्षाकृत उपस्थिति रहेको कार्यक्रममा गायक सुजन पराजुलीले छोटो सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा सम्मान, भाषण जस्ता औपचारिकताको न्यूनीकरणले कार्यक्रमको रौनकता जमेको थियो ।
माउन्टेन भ्यू रेस्टुरेन्ट चिजलहर्स्टमा आयोजित कार्यक्रममा सबै खर्च कटाएर करिब चार लाख नेपाली रिपयाँवचत भएको जानकारी कोषाध्यक्ष टोप पल्लिमगरले दिएका थिए ।
समाजले गत वर्ष गरेको च्यारिटी कार्यक्रमबाट संकलित पांच लाख रुपियाँआशा अपाङग केन्द्र गुल्मी र सोलुखुम्बुको एउटा हेल्थ सेन्टरलाई प्रदान गरेको थियो ।
आशा अपाङ्ग केन्द्र गुल्मी अपाङ्गहरुको उपचार र पुनर्स्थापनामा क्रियाशिल छ । बाल्यकालमै दुवै खुट्टा गुमाएकी गङ्गा रायमाझीले दाताहरुको सहयोगमा सो केन्द्र सञ्चालन गर्दै आएकी छिन् ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक