काठमाडौं। मोरङको पथरीमा सञ्चालन भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको टोली पराजित भएपछि नेपाल प्रहरीका कप्तान जुमानु राईले दर्शक कुटेर आक्रोश शान्त पारेका छन्। झापा–११ सँगै एक शुन्यले पराजित भएपछि नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। राई नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर हुन्। 
झापासँग हार बेहोरेपछि पुलिस टिम प्लेयर बक्समा लुगा फेर्ने क्रममा थियो। राईले प्लेयर बक्स नजिक आएका पथरी १ का किशोर पराजुलीमाथि कुटपिट गरेको नागरिक दैनिकले जनाएको छ । जुमानुले पराजुलीलाई तीन मुक्का र एक लात हाने । अरुले रोक्दै गर्दा उनले पानीको बोतलसमेत प्रहार गरेका थिए।
खेल सकिएपछि प्लेयर बक्स नजिक गएका पराजुलीले जुमानुलाई हेर्दै भनेका थिए, ‘टिभीमा हेरेको जुमानु राई र लाइभ हेरेको मिलेन। आजको खेलमा जुमानुले राम्रो खेल खेलेन।’ खेलमा पनि फाउल नदिएको भन्दै जुमानु रेफ्रीसँग रिसाएका थिए।
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह