काठमाडौं। मोरङको पथरीमा सञ्चालन भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको टोली पराजित भएपछि नेपाल प्रहरीका कप्तान जुमानु राईले दर्शक कुटेर आक्रोश शान्त पारेका छन्। झापा–११ सँगै एक शुन्यले पराजित भएपछि नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। राई नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर हुन्। 
झापासँग हार बेहोरेपछि पुलिस टिम प्लेयर बक्समा लुगा फेर्ने क्रममा थियो। राईले प्लेयर बक्स नजिक आएका पथरी १ का किशोर पराजुलीमाथि कुटपिट गरेको नागरिक दैनिकले जनाएको छ । जुमानुले पराजुलीलाई तीन मुक्का र एक लात हाने । अरुले रोक्दै गर्दा उनले पानीको बोतलसमेत प्रहार गरेका थिए।
खेल सकिएपछि प्लेयर बक्स नजिक गएका पराजुलीले जुमानुलाई हेर्दै भनेका थिए, ‘टिभीमा हेरेको जुमानु राई र लाइभ हेरेको मिलेन। आजको खेलमा जुमानुले राम्रो खेल खेलेन।’ खेलमा पनि फाउल नदिएको भन्दै जुमानु रेफ्रीसँग रिसाएका थिए।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने