काठमाडौ। नेपाल पहिलो अन्तर्राष्ट्रिय टि ट्वान्टी खेलमा हङकङसँग २ विकेटले पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेपालले प्रस्तुत गरेको ७३ रनको लक्ष्य हङकङले एक बल बाँकी रहँदै ८ विकेट गुमाएर प्राप्त गर्यो। टस हारेर ब्याटिङ गर्ने आएको नेपालले खराब प्रदर्शन गर्यो। नेपालका सोमपाल कामी बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्। कामीले ३१ बलमा ४० रन बनाए।
कामीले नेपालले २२ रनमा ७ विकेट गुमाएर संकटमा परेको इनिङलाई केही भएपनि उकासेका थिए। कप्तान पारस खड्का शुन्य रनमा आउट भएको खेलमा ओपनर सुवास खकुरेलले दुई तथा नरेश बुढाऐरले पाँच रनको योगदान गरे। यस्तै ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले समान पाँच, बसन्त रेग्मीले तीन, सागर पुन र अमृत भट्टराईले समान दुई रन बनाए।
नेपाली ब्याट्सम्यान राजेश पुलामीमगर र विनोद भण्डारीले समान एक रन मात्रै बनाउन सके।
बलिङतर्फ हङकङका तनवीर अफजल, इरफान अहमद, अनस खान र नदिन अहमदले समान दुई विकेट लिए भने एक विकेट हसिम अम्जादको नाममा रह्यो।
हङकङलाई चुनौती दिने क्रममा नेपालका सागर पुन र शक्ति गौचनले दुई दुई विकेट लिएका थिए। पारस खड्का, अमृत भट्टराई र सोमपाल कामीले एक एक विकेट चट्काएका थिए। हङकङका एजाज खान तथा अनास खानले समान २१ रन बनाएका थिए।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा