काठमाडौ। नेपाल पहिलो अन्तर्राष्ट्रिय टि ट्वान्टी खेलमा हङकङसँग २ विकेटले पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेपालले प्रस्तुत गरेको ७३ रनको लक्ष्य हङकङले एक बल बाँकी रहँदै ८ विकेट गुमाएर प्राप्त गर्यो। टस हारेर ब्याटिङ गर्ने आएको नेपालले खराब प्रदर्शन गर्यो। नेपालका सोमपाल कामी बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्। कामीले ३१ बलमा ४० रन बनाए।
कामीले नेपालले २२ रनमा ७ विकेट गुमाएर संकटमा परेको इनिङलाई केही भएपनि उकासेका थिए। कप्तान पारस खड्का शुन्य रनमा आउट भएको खेलमा ओपनर सुवास खकुरेलले दुई तथा नरेश बुढाऐरले पाँच रनको योगदान गरे। यस्तै ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले समान पाँच, बसन्त रेग्मीले तीन, सागर पुन र अमृत भट्टराईले समान दुई रन बनाए।
नेपाली ब्याट्सम्यान राजेश पुलामीमगर र विनोद भण्डारीले समान एक रन मात्रै बनाउन सके।
बलिङतर्फ हङकङका तनवीर अफजल, इरफान अहमद, अनस खान र नदिन अहमदले समान दुई विकेट लिए भने एक विकेट हसिम अम्जादको नाममा रह्यो।
हङकङलाई चुनौती दिने क्रममा नेपालका सागर पुन र शक्ति गौचनले दुई दुई विकेट लिएका थिए। पारस खड्का, अमृत भट्टराई र सोमपाल कामीले एक एक विकेट चट्काएका थिए। हङकङका एजाज खान तथा अनास खानले समान २१ रन बनाएका थिए।
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्लीमा
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय