काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्क सम्मेलनको दौरान हुने भनिएको जनकपुर भ्रमण रद्द भएपछि राजनीतिक दलका स्थानीय नेताबीच तीव्र आरोप प्रत्यारोप शुरु भएको छ ।
सरकारले मोदी भ्रमणको सवारी मन्त्री बनाएको बिमलेन्द्र निधिले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमण रद्द हुनुमा एकीकृत नेकपा माओवादी, मधेशी मोर्चासहितका आन्दोलनमा रहेका २२ दलीय मोर्चालाई जिम्मेवारी ठहर्याएका छन् भने विपक्षीहरुले मन्त्री निधि माथिनै औला ठड्याएका छन्।
समाजिक सञ्जालहरुमा भ्रमण रद्दको बारेमा भिन्न भिन्न अड्कालबाजी चलिरहंदा विपक्षी दलहरुले शुक्रबार जनकपुर बन्दको आह्वान समेत गरेका छन्। मोदीको स्वागतका लागि सबै तयार भएपनि मोदीलाई गर्न लागिएको नागरिक अभिनन्दनको कार्यक्रम स्थल र उनले सम्बोधन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद रहँदै आएको छ ।
मोदी भ्रमणको औपचारिक घोषणा नभएपनि जनकपुर, लुम्बिनी र मुक्तिनाथमा मोदी जाने भनेर आवश्यक तयारी भएको थियो। पहिलो पटक नेपाल आउँदै मोदीले अर्को पटक आउँदा जनकपुर र लुम्बिनी जाने घोषणा गरेका थिए ।
मन्त्री निधिले विपक्षी दलहरुको गैर जिम्मेवारीपूर्ण कार्यको कारण यस्तो भएको बताएका छन्। विपक्षी नेताहरुले सरकारको गैर जिम्मेवारीलाई कारक मानेका छन्।
जनकपुरको भ्रमण रद्द हुनुमा प्रमुख राजनीतिक दलका स्थानीय नेताहरुको खिचातानी पनि यसमा जोडिन आइपुगेको छ। मोदीको भ्रमण व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्री निधिलाई जिम्मेवारी दिइएको छ। उनी जनकपुरका रैथाने हुन्। निधिले मोदीको भ्रमणलाई आफूले चाहेको जस्तो गरेर आफ्नो प्रभावलाई अझै विस्तार गर्न खोजेका थिए । तर, विपक्षीहरुलाई यो चित्त बुझेको थिएन । त्यसको नेतृत्व एकीकृत नेकपा माओवादीका रामचन्द्र झाले गर्दै आएका छन्। दुई वर्षअघि मात्रै एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका झा र निधिबीचको संघर्ष स्थानीय बासिन्दालाई राम्रैसँग थाहा छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण