काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्क सम्मेलनको दौरान हुने भनिएको जनकपुर भ्रमण रद्द भएपछि राजनीतिक दलका स्थानीय नेताबीच तीव्र आरोप प्रत्यारोप शुरु भएको छ ।
सरकारले मोदी भ्रमणको सवारी मन्त्री बनाएको बिमलेन्द्र निधिले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमण रद्द हुनुमा एकीकृत नेकपा माओवादी, मधेशी मोर्चासहितका आन्दोलनमा रहेका २२ दलीय मोर्चालाई जिम्मेवारी ठहर्याएका छन् भने विपक्षीहरुले मन्त्री निधि माथिनै औला ठड्याएका छन्।
समाजिक सञ्जालहरुमा भ्रमण रद्दको बारेमा भिन्न भिन्न अड्कालबाजी चलिरहंदा विपक्षी दलहरुले शुक्रबार जनकपुर बन्दको आह्वान समेत गरेका छन्। मोदीको स्वागतका लागि सबै तयार भएपनि मोदीलाई गर्न लागिएको नागरिक अभिनन्दनको कार्यक्रम स्थल र उनले सम्बोधन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद रहँदै आएको छ ।
मोदी भ्रमणको औपचारिक घोषणा नभएपनि जनकपुर, लुम्बिनी र मुक्तिनाथमा मोदी जाने भनेर आवश्यक तयारी भएको थियो। पहिलो पटक नेपाल आउँदै मोदीले अर्को पटक आउँदा जनकपुर र लुम्बिनी जाने घोषणा गरेका थिए ।
मन्त्री निधिले विपक्षी दलहरुको गैर जिम्मेवारीपूर्ण कार्यको कारण यस्तो भएको बताएका छन्। विपक्षी नेताहरुले सरकारको गैर जिम्मेवारीलाई कारक मानेका छन्।
जनकपुरको भ्रमण रद्द हुनुमा प्रमुख राजनीतिक दलका स्थानीय नेताहरुको खिचातानी पनि यसमा जोडिन आइपुगेको छ। मोदीको भ्रमण व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्री निधिलाई जिम्मेवारी दिइएको छ। उनी जनकपुरका रैथाने हुन्। निधिले मोदीको भ्रमणलाई आफूले चाहेको जस्तो गरेर आफ्नो प्रभावलाई अझै विस्तार गर्न खोजेका थिए । तर, विपक्षीहरुलाई यो चित्त बुझेको थिएन । त्यसको नेतृत्व एकीकृत नेकपा माओवादीका रामचन्द्र झाले गर्दै आएका छन्। दुई वर्षअघि मात्रै एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका झा र निधिबीचको संघर्ष स्थानीय बासिन्दालाई राम्रैसँग थाहा छ ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’