लण्डन । नेपालको अत्यन्त पिछडिएका जाति मध्ये दोस्रो नम्बरमा पर्ने चेपाङ जाति अध्यनरत श्री अन्तोदय विद्यालयको सहयोगार्थ बेलायतस्थित गिलफोर्डमा एक सांस्कृतिक कार्यक्रम गरिएको छ । संस्थाका संयोजक घनश्याम प्रधान बेलायत भ्रमणमा रहेको अवसर पारी कार्यक्रम गरिएको हो ।
कार्यक्रमबाट करिब ७ लाख ५० हजार रुपैयां संकलन भएको कार्यक्रम संयोजक कुशल श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्यापन गराइन्छ भने कक्षा ९ देखि माथिका विद्यार्थी नजिकैको सरकारी विद्यालयमा अध्ययनरत छन् । हाल १६१ विद्यार्थी रहेको उक्त विद्यालयमा ७२ छात्रा तथा ८९ छात्र छन् ।
संस्थापक स्वर्गीय किशोर चन्द्र ढुङ्गानाको सन् २००४ मा असामयिक निधन भएपछि सो विद्यालय उनकै नामबाट अर्थात किशोर चन्द्र ढुङ्गाना मेमोरियल पब्लिक एजुकेशन ट्रस्टबाट सञ्चालित छ । ढुङ्गानाको असामयिक निधनपछि विद्यालयमा आर्थिक संकट परेको हो ।
ब्रदर्श ब्याण्डका अमित र रोशनले जहाँ छन् वुद्धका आँखा… बोलको गीतबाट शुरु गरिएको कार्यक्रममा स्वागत मन्तव्य संजय कंडेलले दिएका थिए ।
स्थानीय कलाकारहरु र ब्रदर्श ब्याण्डको प्रस्तुतिसंगै कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठको विशेष प्रस्तुतिले उपस्थित दर्शकहरुले भरपुर मनोरन्जन लिए । केही कालजयी गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका श्रेष्ठले आफ्नै एल्बमबाट हङकङ पोखरा… र लेककी हे माया… गाइरहँदा उपस्थित दर्शकहरु डान्स् फ्लोरमा आई कम्मर मर्काउन पछि परेनन् ।
कार्यक्रममा स्थायी घर चितवन भएका गिलफोर्डबासीको बाक्लो उपस्थिति थियो । साथै पुण्य कामका लागि सबैले आफनो तर्फबाट आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
केदार थपलियाले सञ्चालन गरेको उक्त कार्यक्रममा खैरेनी माविका पूर्व प्रधानाध्यापक समेत रहेका संस्थाका संयोजक घनश्याम प्रधानले विद्यालयको स्थापना र यसको उद्देश्यबारे जानकारी दिएका थिए । स्वर्गीय किशोर चन्द्र ढुङ्गानाद्वारा स्थापित श्री अन्तोदय विद्यालय चितवनको खैरहनी गा.वि.स. वडा नं. १ करैयामा छ । सो विद्यालयमा पिछडिएका चेपाङ बालबालिकाका लागि निःशुल्क पठनपाठन साथै पुस्तक लगायत अन्य पाठ्य सामग्रीको पनि व्यवस्था गरिएको छ ।
सो विद्यालयमा वार्षिक खर्च रु. ३४ लाख हुने गरेको छ भने आर्थिक सहयोग
रु. २८ लाख ४३ हजार मात्र हुने गरेको छ जसका कारण विद्यालय अझै वार्षिक रु. ५ लाख ५७ हजार घाटामा छ ।
सन् २०१४ को अनुमानित तथ्यांक अनुसार नेपालमा चेपाङ जातिको जनसंख्या करिब ८८,४०९ मात्र छ जसमध्ये चितवनमा ४० प्रतिशत, मकवानपुरमा २९, धादिङमा २०, गोर्खामा ५ तथा लमजुङ, तनहुँ लगायत अन्य ठाउँमा ६ प्रतिशत रहेको संयोजक प्रधानले जानकारी दिए । कार्यक्रममा एकसय पाउण्ड भन्दा बढि सहयोग पुर्याउनेलाई खादा लगाई सम्मान गरिएको थियो ।
सञ्चारकर्मी कुशल श्रेष्ठको संयोजनमा आयोजित सो कार्यक्रम सफल पार्न सिप्रा श्रेष्ठ, प्रताप खरेल, दिपा उप्रेती, मोहन श्रेष्ठ, युरन जोशी लगायतले विशेष सहयोग गरेका थिए ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए