काठमाडौं। नेपाल र हङकङबीचको टि ट्वान्टी श्रृंखलाको पहिलो म्याच वर्षाको कारण रद्द भएको छ। श्रीलंकाको दम्बुलामा मुसलधारे पानी परेपछि खेल रद्द गरिएको हो।
स्थानीय समयअनुसार बिहान १० बजेबाट खेल शुरु हुनुपर्ने भएपनि निरन्तर वर्षाका कारण खेल दिउँसो १ बजे रद्द गरिएको घोषणा गरिएको थियो।
बंगलादेशमा भएको ट्वान्टी ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दुवै देशले अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी खेल्ने मान्यता प्राप्त गरेपछि पहिलो तीन वटा टी ट्वान्टी र दुई वटा एक दिवसीय श्रृखला खेल्न लागेका हुन्। श्रृङखलाको दोस्रो म्याच बिहीबार र तेस्रो म्याच शनिबार सोही स्थानमा खेल्ने कार्यक्रम छ । तर विगत तीन दिनदेखि दम्बुलामा वर्षा हुँदै आएको छ।
खेलको स्थान परिवर्तनदेखि बुधबार भएको खेल शुक्रबार खेलाउने विषयमा छलफल भएपनि औपचारिक निर्णय हुन भने बाँकी रहेको क्रिकेटलोक डट कमले जनाएको छ।
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी