चन्द्रनिगाहपुरमा भएको लुटपाटमा बैंककै कर्मचारीको संलग्नता, एक पक्राउ

काठमाडौं। प्रहरीले रौटहटको चन्द्रनिगाहपुरमा मंगलबार रकम लुटपाट घटनामा इन्फ्रास्ट्रक्चर बैंककै कर्मचारीको संलग्नता देखिएको बताएको छ । प्रहरीले सो घटनामा संलग्न रहेको भन्दै सोही शाखामा कार्यरत बैंकका एक कर्मचारी पक्राउ गरेको छ।ch_Pur

मंगलबार दिँउसो नजिकै रहेको एसबिआइ बैंकबाट रकम निकालेर फर्किने क्रममा चार जना लुटेराले सुरक्षा गार्डमाथि गोली प्रहार गर्दै २० लाख रुपैया लुटेर भागेका थिए।

नियमित नभै आकस्मिक रुपमा रकम लिन पुगेका बैंक कर्मचारीमाथि लुटपाट भएपछि बैंकको कर्मचारीको मिलमतो हुन सक्नेमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

तीघ्रामा गोली लागि गार्ड ढलेपछि मास्क लगाएका दुई लुटेराले पैसा भएको ब्याग लिएर भागेका थिए। भाग्दै गरेको लुटेरा मध्य प्रहरीको गोली गम्भीर घाइते अवस्थामा पक्राउ परेका छन्। उनको वीरगञ्जमा उपचार भैरहेको छ । प्रहरीले बैंक लुटपाट सम्बन्धी योजना एक महिनाभन्दा अघि बनेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री