काठमाडौं। वर्षाको कारण नेपाल र श्रीलंका कम्बाइन एघारबीचको दोस्रो तीन दिवसीय खेल बराबरीमा टुङ्गिएको छ। यसअघि पहिलो खेलमा कम्बाइनसँग पराजित भएको नेपालले दुई खेलको श्रृखला १-० ले गुमाएको छ।
तीन दिवसीय खेलको अन्तिम ६५ रनको लक्ष्य नेपालले प्राप्त गरेपनि लन्च ब्रेकपछि वर्षा र भिजेको फिल्डको कारण खेल हुन सकेन र खेल बराबरीमा टुङ्गियो। नेपालले श्रृखला बराबरी गर्ने राम्रो अवसर गुमाएको छ।
दोस्रो खेलमा नेपाल फाष्ट बलरहरुले उत्कृष्ट प्रदर्शन गरे। पहिलो र दोस्रो इनिङ गरेर सोमपाल कामीले १० विकेट लिए भने करण केसीको नाममा ६ विकेट रह्यो। अर्का फाष्ट बलर अमृत भट्टराईले चार विकेट लिए। कम्बाइन एघारले पहिलो इनिङमा १ सय ६२ र दोस्रो इनिङमा ९४ रन मात्रै बनाउन सक्यो। सुभाव खकुरेलको अर्ध शतकको मद्दले १ सय ९४ रन बनाएका थियो। दोस्रो खेलको म्यान अफ द म्याच सोमपाल कामी घोषित भए।
प्रतियोगितलाई जनवरीमा हुने डिभिजन टुको अभ्यास खेलको रुपमा लिइएको छ। नेपाली फास्ट बलरले श्रीलंकामा गरेको प्रदर्शनले प्रतिस्पर्धामा फाइदा पुग्ने देखिन्छ। नामिबियाको मैदान पनि फास्ट बलरका लागि सहयोगी मानिन्छ।
श्रीलंकामा बुधबारबाट हङकङविरुद्ध नेपाललको पहिलो अन्तर्राष्ट्रिय टि ट्वान्टी श्रृखलामा शुरु हुदैछ। बुधबार, बिहीबार र शनिबार धम्बुलामा तीन वटै खेल हुने छ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’